• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालयमै पञ्चेबाजा बजाउन सिक्दै पैयुँपाटाका विद्यार्थी

by
३ माघ २०८०,
0
विद्यालयमै पञ्चेबाजा बजाउन सिक्दै पैयुँपाटाका विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र-छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयले हालै आफ्नो ७४औं वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको समय सिकाउने समेत गर्दै आएका छन् ।

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन् । कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछिन् भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन् । कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार ९ख० ले दमाहा बजाउने गरेका छन् । उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिए । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको संख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ ।

‘पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए, अहिले युवाले बजाउन लाज मान्छन्, बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्’, शिक्षक थमबहादुरले भने, ‘मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ, नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ ।’

बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन् । सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ । सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताइन् । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ ।

उनले भनिन्, ‘बाजा बजाउन गाह्रो छैन, सजिलो छ, गाउँघरमा बाजा बजाउने हुँदा हामीले पनि त्यही देखेर सिकेको हो, पहिले धेरै बाजा बजाउने मान्छे हुन्थे, अहिले निक कम भएको छ, अहिले हामी स्कुलमा पढ्ने साथीसँग मिलेर बजाउने गरेका छौँ, सरहरूले पनि हौसला दिनुभएको छ, उहाँहरुको साथले प्रेरणा मिलेको छ, साना भाइहरूले पनि बजाउन सिक्दैछन्, दाइदिदीबाट पनि अझै राम्रो बजाउन सिकिरहेका छौँ ।’

विद्यालयमा बाजा बजाउने अधिकांश छ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान सुरु गरेको जानकारी दिए । अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए ।

‘बाजाको अभाव छ, बाजा हुने हो भने विद्यालयमा सिकाउन सकिन्थ्यो, अहिले घरमा आफ्ना बाबुबाजेले बजाएको देखेर बजाउँदै आएका छन्, बाजा सङ्कलन कोष स्थपना गर्नका लागि आर्थिक सङ्कलन अभियान चलाएका छौँ’, प्रधानाध्यापक आचार्यले भने, ‘बाजा बजाउने उनीहरूको प्रतिभा हो, यसलाई प्रोत्साहन गरिरहेका छौँ, सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने मान्यताले बाजा बजाउनतर्फ प्रेरित गरिरहेका छौँ, बाजा बजाउन सिके विद्यार्थीले भविष्यमा यसैबाट जीविकोपार्जन गर्न सक्छन् ।’

अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ । बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन्, तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन् । बाजाका सट्टा ठूला–ठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ । कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन् । यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ ।

Previous Post

थाहा पाउनुस् बेलैमा निन्द्रा लाग्ने टिप्स

Next Post

किन पटक पटक टाउको दुख्ने समस्या दोहोरिन्छ ?

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
हेल्थ टिप्सः जान्नुहोस टाउको दुख्नुका कारणहरु

किन पटक पटक टाउको दुख्ने समस्या दोहोरिन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In