काठमाडौं । नेपाली फिल्म ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो १’ बोल रहेको गीत फिल्म प्रमोशनका लागि तयार गरिएको हो ।
केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।













