• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘वन्यजन्तु संरक्षण नियमावली स्थानीयमैत्री आएन’

by
१ माघ २०८०,
0
‘वन्यजन्तु संरक्षण नियमावली स्थानीयमैत्री आएन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मुलुक सङ्घीयताको अभ्यास र कार्यान्वयनमा बढी रहँदा वन क्षेत्रमा भने स–साना विषयमा पनि केन्द्रकै हस्तक्षेप रहेको भनी गुनासो गरिएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले वन क्षेत्रभित्रको सानो पोखरी पनि केन्द्रले हेर्ने हो भने स्थानीय तहको अधिकार के रु भनी प्रश्न गरे ।

अध्यक्ष ठाकुरले प्रदेश र स्थानीय तहलाई कुहिएर खेर गइरहेको काठपात र झ्याउ समेत सङ्कलन गर्न अनुमति दिने अधिकार नहुने हो भने हामीले कस्तो खाले सङ्घीयताको अभ्यास गर्न खोजेको हो भनी जिज्ञासा राखे । महासंघका पदाधिकारीले वन क्षेत्रभित्र सेवा सञ्चालनका नाममा स्थानीय साना व्यवसायीको संरक्षणको साटो पहुँचवाला ठूला व्यवसायीलाई संरचना निर्माण गर्न दिइएको भनी आपत्ति प्रकट गरे । अध्यक्ष भण्डारीले सरकारले ल्याएको वनसम्बन्धी नियमावली संविधान र समुदायको मर्म एवं भावना विपरीत रहेको जिकिर गरे ।

संस्थाका कानुनी सल्लाहकार दिलराज खनालले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका नाममा क्रसर उद्योग, होटल सञ्चालन र पानी प्रशोधन समेतलाई अनुमति दिनु कानुनको दुरुपयोग भएको टिप्पणी गरे । सो अवसरमा उनीहरुले संविधान, जैविक विविधता महासन्धि र आधारभूत मानवअधिकार अनुकूल नभएको, वर्षांैदेखि कानुन तथा घोषणा अनुकूल हुने गरी संरक्षित क्षेत्रसम्बन्धी नयाँ कानुन तर्जुमा हुनुपर्ने माग हुँदै आएको बताए । त्यस अवसरमा ऐनमा भएका समुदायमैत्री व्यवस्था पनि समुदायले उपयोग गर्न नपाएको पक्षबारे समितिलाई जानकारी गराइयो ।

बैठकमा बागमति प्रदेशसभा सदस्य भारती पाठकले मुलुकले सङ्घीयताको अभ्यास गरेको आठ वर्ष पुगिसक्दा समेत प्रदेशलाई राज्यले अधिकारविहीन टापुका रुपमा हेरेकाले संरक्षणको अनुभूति नभएको प्रतिक्रिया दिए । उनले भने, ‘घाँस दाउरा काट्न, निगुरो टिप्न, झ्याउ, सेउवा र सोत्तर सङ्कलनमा महिला नै बढी वन जङ्गल जानु परेको र त्यहाँ उनीहरुलाई वन्यजन्तुको आक्रमणदेखि वन पालेसम्मको डर त्रासको जोखिम छ ।’

समिति सदस्य सोनाम ग्याल्जेन शेर्पाले मुलुकका २२ हजार वनसम्बन्धी सङ्घ संस्थामध्ये १३ हजारभन्दा बढीको कार्यक्रम र कार्ययोजनाको समयावधि सकिएको जनाउँदै वन क्षेत्र कार्यरत सङ्घ संस्था, पदाधिकारी, जनप्रतिनिधि र जनताबीच समन्वय र सहकार्यको साटो प्रश्न, अविश्वास र आशङ्का मात्रै रहेको बताए ।

जनताको सहभागिता बिना बनाइने कानुन र कार्यक्रम गुणस्तरीय र नतिजामुखी हुन नसक्ने जनाउँदै सदस्य शेर्पाले जारी भएको नयाँ नियमावली वन क्षेत्रको विकास, विस्तार, राष्ट्रयहित र जनताको पक्षमा नरहेकाले स्वीकार्य हुन नसकिने प्रतिक्रिया दिए । उनले सामुदायिक वनको निगरानी बढाउन आवश्यक रहेको बताउँदै उहाँले राज्य र जनताको हित हुने मध्यमार्गी नियमावलीको खाँचो औंल्याए ।

त्यस अवसरमा सरोकारवालाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीमा माछा मार्न, च्याउ टिप्न नपाइने जस्ता प्रावधानले स्थानीयलाई मर्का परेको जनाउँदै केवलकारसहितका सेवा र पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने जस्ता विभेद्कारी प्रावधान राखिएको भनी समितिको ध्यानाकर्षण गराए ।

Previous Post

पर्वले अनेकतामा एकता कायम गर्न भूमिका खेलेका छन्ः सभापति देउवा

Next Post

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In