• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिरा खोज्ने कोम्बाको कथा

by
२८ पुस २०८०,
0
हिरा खोज्ने कोम्बाको कथा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिराको खोजी गर्दागर्दै थाकेका थिए उनी। त्यहीबेला चम्किरहेको पत्थर देखे अनि सोच्न थाले, ‘के हो, त्यो चम्किरहेको ढुङगारु’। एकछिनसम्म त्यही पत्थर नियालिरहे। त्यसपछि बल्ल बुझे, ‘त्यो त हिरा पो रहिछ१’

सन् २०१७ सालको सबैभन्दा चर्चित समाचार बन्यो, सियरा लियोनको ‘पीस डायमण्ड’। हिराको खोजले पूरै दुनियाँ नै तरङगित रह्यो। तर जति हिरा फेला परेको समाचार मानिसहरू उत्साहित थिए। त्यतिकै दुखी थिए, खनिकहरू।

हिरा खोज्ने खनिकहरूको कहिल्यै नाम देशभर चुलिएन। जबकी उनीहरू नै थिए हिरा फेला पार्नका लागि कडा मेहनत गर्नेहरू।

हिरा खोज्ने पाँच जनाको त्यो समूहमा सबैभन्दा साना सदस्य थिए–कोम्बा जोनबुल र एन्ड्रयु साफी। उनी हिराको खोजमा लागेका थिए, जसको लागि धेरै मेहनत गर्नुपथ्यो।

तर त्यो परिश्रम उनीहरूले देखेको सपनाभन्दा धेरै सानो थियो।

गरिबीमा हुर्किएका जोनबुल पैसा कमाएर दुई तले घर बनाउन र टोयोटा एफजे क्रुजर किन्न चाहन्थे त साफी आफ्नो अध्ययन पूरा गर्न चाहन्थे। त्यही सपना बुनेर उनीहरू हिराको खोजीमा निस्किएका थिए।

जीन्दगीको योजना

गरिब परिवारमा जन्मिएका साफीको पढ्ने ठुलो रहर थियो। तर गरिबीको कारण उनले बीचैमा पढाइ टुङ्गाउनु पर्यो। त्यहीकारण उनी पढाइलाई निरन्तरता दिन चाहन्थे।

साफीको मात्र होइन जोनबुलको पनि उस्तै कथा थियो। उनको परिवार सन् १९९१ देखि २००२ सम्म चलेको गृहयुद्धमा तहसनहस भएको थियो। त्यसैले उनी आफ्ना लागि घर किन्न चाहन्थे।

आ–आफ्नो सपनालाई पूरा गर्ने लक्ष्य निस्किएका थिए–ती किशोरहरू। त्यहीपनि बिना ज्याला। मात्र खानाको भरमा।

एक स्थानीय पास्टरले यी दुईसहित पाँच जनाको लागि उत्खननको प्रायोजन गरेका थिए। उनले ती समूहसँग हिरा फेला परे सबैजनालाई हिस्सा दिने प्रस्ताव राखेका थिए।।

काम कठिन थियो तर पनि काममा सहभागी भए उनीहरू। बिहान सबेरैदेखि नास्ता अघिसम्म खजूरको खेतमा काम र त्यसपछि दिनभरि खन्ने।

उनीहरूको चाहना थियो पैसा पाएर सपना पूरा गर्ने अनि बिन्दास जिन्दगी बिताउने। त्यही सपनाले उनीहरूलाई त्यो डरलाग्दो काममा धकेलेको थियो।

त्यो काम गर्दा भारी वर्षा र चर्को गर्मी सहनुपरेको कुरा सम्झन्छन् जोनबुल।

ुकाम मुश्किल थियो, त्यसैले हामी एक अर्कालाई सान्त्वना दिन्थ्यौं र आफूलाई साहस दिन्थ्यौं। हामी ठट्टा गर्थ्यौं। हामीसँग ब्लुटुथ डिभाइस थियो जसमा हामी गीतहरू सुन्थ्यौं।ु उनले बताए।

पैसा पाएर अचानक धनी भए के गर्ने भनेर सपना देखिरहन्थे उनीहरू। अनि सुन्दर भविष्यबारे कल्पिरहन्थे।

सबैभन्दा ठूलो हीरा

कयौं दिनको भोक प्यास र मिठो निन्द्रा त्यागेर काममा जुटेका उनीहरू एकदिन खुसी नाच्न थाले। जब उनीहरूले ठूलो हिरा फेला पारे।

शुक्रबार, मार्च १३, २०१७ को दिन थियो। उसिनेको केराको नास्ता खाए अनि खानीमा जानुअघि प्रार्थना गरे।

उत्खनन, जमिन भत्काउने, गिट्टी छुट्याउने र वर्षाको पानी खानीमा भर्न नदिने तयारी गर्ने उनीहरूको योजना थियो।

त्यहीक्रममा जोनबुलको आँखा एउटा चम्किलो ढुङ्गामा पऱ्यो।

ुमैले यो ढुङ्गा बगिरहेको पानीमा देखेँ जुन तल झरिरहेको थियो। मैले पहिले हिरा देखेको थिइनँु, उनले भने, ुमैले त्यो ढुङ्गामा एक मिनेटभन्दा बढी आँखा लगाएँ। अनि काकालाई भनें त्यो ढुङ्गा चम्किरहेको छ, यो कस्तो ढुङ्गा होरुु

६५ लाख डलरमा बिक्यो हिरा

एकनासले चम्किरहेको ढुङ्गालाई उनले पानीबाट उठाए।

ुचिसो हिरा उठाउने बित्तिकै तिनीहरूले मेरो हातबाट खोसेर भने, ुयो हिरा हो१ु उनले सुनाए।

त्यो हिरा ७०९ क्यारेटको थियो, जुन विश्वको १४ औं ठूलो हिरा थियो।

खनिकहरूले पास्टर इमानुएल मोमोहलाई यसको रिपोर्ट गरे र उनले यसलाई कालो बजारमा बेच्नुको सट्टा सरकारलाई हस्तान्तरण गरेर इतिहास रचे।

लिलामीमा उक्त हिरा ६५ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

जोनबुल र साफीजस्तै सियरा लियोनका हजारौं बासिन्दाअनौपचारिक खानीमा काम गर्छन्।

यदि उनीहरु भाग्यमानी छन् भने उनीहरूले हिराको सानो टुक्रा पाउन सक्छन्, तर यस्तो पूरै हिरा त्यत्रो नै हिरा पाउनु अब त सपना जस्तै हो। तर पनि हिरा खोज्नमा व्यस्त छन् उनीहरू।

हिरा खोज्नअघि सम्झौता भएको थियो कि हरेक खनिकले हिरा बेचेर पैसा पाउनेछन् र केही हिस्सा स्थानीय विकासका लागि सरकारमा जानेछन्।

सबै पैसा खर्च भयो

सुरुमा प्रत्येक माइनरले ८० हजार अमेरिकी डलर पाएका थिए। त्यो रकम उनीहरूले पनि पाए। तर पनि निराश भए।

जोनबुल भन्छन्, ुजब मैले आफ्नो अंश पाएँ, मैले यसलाई नछोइकन एक हप्तासम्म राखें। त्यसपछि म घर किन्न फ्रीटाउन गएँ।ु

साफी आफ्नो अध्ययन पूरा गर्न क्यानडा जान चाहन्थे र जोनबुल पनि उनीसँग त्यहाँ जान चाहन्थे। उनले आफ्नो यात्रा तय गर्ने विचार गरे। अनि विश्वविद्यालय शुल्क र आवासको लागि एक एजेन्टलाई ज्ञछ,ण्ण्ण् डलर तिरे। भिसा लाग्ने भरोसामा।

त्यही सपना बोकेर उनी घाना पुगे, जहाँ उनी छ महिना बसे अनि धेरै पैसा खर्च गरे।

तर उनको भिसा आवेदन अस्वीकृत भएपछि यो योजना असफल भयो। जोनबुल सियरा लियोनमा फर्किए। उनीहरूको हिस्साको ठूलो रकम खर्च भएको थियो। जबकि साफी ने आफ्नो नयाँ यात्रा सुरू गरिसकेको थियो।

उनी तेस्रो देशमा गए, जसको नाम उनको सुरक्षाका कारण भनिएको छैन। त्यहाँ उनलाई दिनको समयमा ड्राइभरको रूपमा काम गर्न र साँझमा अध्ययन गर्न दिइने बताइयो।

तर जब साफी त्यहाँ पुगे, त्यो सबै कुरा गलत साबित भयो।

उनी भन्छन्, ुअस्तबलमा घोडाको हेरचाह गर्नुपर्थ्यो र त्यहीं खानुपर्थ्यो र सुत्नुपर्थ्यो। बाँकी कामदारहरूलाई बस्ने ठाउँ दिइयो, तर मलाई त्यही सुत्न लगायो।ु

साफीले हिराको धनबाट यस्तो जीवनको आसा गरेका थिएनन् र घर बिना उनको अवस्था नाजुक भएको थियो।

उनले सियरा लियोनमा किनेको घरबाहेक हिराको केही भाग पूरै खर्च भइसकेको थियो। अब उनी घर जान चाहन्थे।

पहिचान पाएन

यी मानिसहरूको हृदयमा सबैभन्दा ठूलो दुख त्यो थियो कि उनीहरूले आफ्नो खोजको लागि उचित क्रेडिट कहिल्यै पाएनन्।

मिडिया रिपोर्टहरू मुख्यतया पास्टरहरूमा केन्द्रित थिए, जसले यी मानिसहरूलाई खननको लागि नियुक्त गरे। वास्तवमा, खनिकहरूको बारेमा धेरै कम उल्लेख गरिएको थियो। साफीले आफूलाई किनारा लगाएको र बहिष्कृत भएको महसुस गरे।

जोनबुललाई लाग्छ कि सायद उनले यो रकम फरक तरिकाले खर्च गरेको भए। उनको संसार नै बदलिन्थ्यो।

उनी भन्छन्, ुजब मसँग पैसा थियो, म सानै थिएँ। पछाडि फर्केर हेर्दा मलाई मन पर्दैन। त्यतिखेर म लुगाफाटा र अन्य सामान हरू किनेर मात्र देखाउँथें। तिमीलाई थाह छ, युवाहरूले यस्तो गर्छन्।

ुपैसा कमाउन विदेश जाने महत्वाकांक्षा नभएको भए मैले यो खेर गएको पैसाबाट धेरै काम गर्ने थिएँ,ु उनले भने।

विगतलाई फर्किएर हेर्दा दुखी हुन्छन् उनी। ‘जब मसँग पैसा थियो, तब म धेरै सानो थिएँ, विगतलाई फर्किएर हेर्दा मलाई राम्रो लाग्दैन। त्यो समय म मात्र देखावटी गरिरहेको थिएँ, कपडा र अन्य सामान किनिरहेको थिएँ’, उनी भन्छन्, ‘यदी मैले विदेश जाने इच्छा नराखेको भए, बर्बाद भएको पैसाबाट मैले केही गरिसक्थेँ।’

यस्तो जिन्दगीको उनले कहिल्यै कल्पना समेत गरेका थिएनन्। तर जानबुल अहिले फ्रिटाउमा जिन्दगी बिताइरहेका छन् एल्मोनियमको झ्याल बनाउँछन्। साफीको विदेशमा बस्ने इच्छा पूरा हुन पाएन।

जानबुल भन्छन्, ‘जब म जन्में, मेरो बाआमासँग घर थिएन। तर मेरो बच्चा फ्रीटाउनमा आफ्नो पिताको घरमा हुर्किरहेका छन्। यो धेरै ठुलो कुरा हो कि जसरी म हुर्किएँ त्यसरी मेरो हुर्किन परेन। मैले जस्तो दुख झेल्नु परेन।’ बीबीसीको सहयोगमा

Previous Post

सामुदायिक वनमा काँचा सालका रुख कटान गरी तस्करी

Next Post

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

सम्बन्धित खबर

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
Load More
Next Post
एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In