• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस

by
२४ पुस २०८०,
0
राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् ।

दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न खोजेका छन् । केही भने नयाँ अनुहारले उम्मेदवारी दाबी गर्न पाएका छन् । पराजित तर व्यवस्थापनमा गठबन्धनको सदाशयता पाएका नेता कांग्रेसका कृष्णप्रसाद सिटौला हुन् ।

उनले कोशीबाट मनोनयन दर्ता गराएका छन् । आफ्नै दलभित्र गुटको भागबण्डामा सहमति नहुँदै उनको टिकट पक्का भइसकेको थियो । सत्ता गठबन्धन दलहरुले आफ्नो भागमा परेको सिटका लागि मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख प्रतिपक्षी एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्दैछ ।

आगामी फागुन २० गते पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये धेरै अर्थात ९ जना एमालेका छन् । यसमा निर्वाचित ८ छन् भने राष्ट्रपतिले मनोनीत गरेका एक जना छन् । गुमेको सिटमा एमाले फर्किने सम्भावना निकै कम छ ।

निर्वाचनमा पार्टीहरुको निर्देशनअनुसार मतदाता इमानदार भए १९ सिटमै गठबन्धन दलको वर्चस्व हुने देखिएको छ । राष्ट्रपति कांग्रेसका भएकाले उनले मनोनीत गर्ने सदस्य पनि गठबन्धनभित्रकै नेताको भागमा जाने पक्का छ ।

राष्ट्रिय सभामा अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने देखिएको छ । माओवादीबाट हाल उपाध्यक्षसमेत १५ जना छन् । ३ जना फागुन २० मा बिदा भए पनि ६ जना निर्वाचित भए माओवादी सांसदको संख्या १८ पुग्नेछ ।

राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । गठबन्धनको योजनाअनुसार नतिजा आए कांग्रेसका १० जना निर्वाचित हुनेछन् । यो अवस्थामा १६ सिटसहित कांग्रेस राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ ।

एकीकृत समाजवादीले गठबन्धनको भागबण्डामा २ सिट पाएको छ । २ सांसद फागुन २० बाट बिदा हुँदा त्यही सीट पदपूर्तिले एकीकृत समाजवादीका लागि यो निर्वाचन खासै लाभहानिको देखिँदैन ।

जबकी अहिले १८ सांसदसहित ठूलो दल रहेको एमाले भने तेस्रो हुने अवस्था आएको छ । ९ सांसद घटेपछि उसका ९ जना बाँकी हुनेछन् । नयाँ संविधान जारीसँगै तीन तहको सरकारको अभ्यासमा मुलुकले अझै धेरै कानुनहरु बनाउनै बाँकी छन् । समाजमा पछाडि पारिएका वर्गको पहुँच अझैसम्म सुनिश्चित भइसकेको छैन ।

निर्वाचन आयोगका अनुसार सोमबार दर्ता भएका ५२ मनोनयनमा महिला समूहतर्फ १८, दलिततर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको छ ।

सबैभन्दा धेरै मनोनयन बागमती प्रदेशमा परेको छ । महिला ४, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ जना गरी १५ जना उम्मेदवारको मनोनयन परेको छ । कोशी र मधेश प्रदेशमा महिला २ र अन्य समूहका लागि ३ गरि ५÷५ जनाको मनोनयन दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका ३ जना गरी जम्मा ८ जनाको मनोनयन दर्ता भएको छ ।
लुम्बिनीमा महिला ३, अन्य समूहका लागि ४ सहित ७ जनाको मनोनयनपत्र दर्ता भएको छ । कर्णालीमा महिला २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ गरी जम्मा ६ जनाको मनोनयन दर्ता भएको छ ।

सुदूरपश्चिममा महिला २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका २ गरी ६ जनाको मनोनयनपत्र दर्ता भएको छ । आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका छ ।

निर्वाचनका लागि आयोगले मतदाता र मतभार आइतबार सार्वजनिक गरिसकेको छ । जसअनुसार सातै प्रदेशमा प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ छ । स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४ सय ६२ छ । दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ छ ।

कहाँ कति मतदाता र मतभार

प्रदेश मतदाता मतभार
कोशी ३६७ १०१३५
मधेश ३७४ १०७४४
वाग्मती ३४७ १०३३३
गण्डकी २३० ६४१०
लुम्बिनी ३०५ ८७५३
कर्णाली १९६ ५०८४
सुदूरपश्चिम २२८ ६१००

Previous Post

चुट्किलाः बिहे गरेको युवती मन पर्छन्

Next Post

किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिन प्राधिकरणको निर्देशन

सम्बन्धित खबर

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
Load More
Next Post
बिजुलीको पन्ध्र अर्ब अझै उठेन

किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिन प्राधिकरणको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In