• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

    थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीमा उत्कृष्ट कृषि पुरस्कार दाबी गर्न आवेदन खुल्‍यो

by
२२ पुस २०८०,
0
गण्डकीमा उत्कृष्ट कृषि पुरस्कार दाबी गर्न आवेदन खुल्‍यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत – गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उत्कृष्ट कृषि पुरस्कारका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।

प्रदेशभित्रका कृषक, कृषि फर्म वा कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूमध्येबाट उत्कृष्ट छनोट गरी चारवटा प्रदेश पुरस्कार र एउटा सर्वोत्कृष्ट पुरस्कार दिन लागिएको छ।

ती पुरस्कारका लागि योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ३० दिनभित्रमा सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दिन सक्नेछन्।

प्रदेशका उत्कृष्ट कृषक, कृषक समूह र सहकारी संस्थाहरूलाई पुरस्कृत गरी कृषकको योगदानलाई सम्मान तथा मनोबल उच्च राख्न सहयोग एवं प्रोत्साहन गर्नका लागि पुरस्कारको व्यवस्था गरिएको कृषि विकास निर्देशनालयका प्रमुख ९निर्देशक० बासुदेव रेग्मीले बताए।

कृषि पेसालाई सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०७७ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, गण्डकी प्रदेशले पुरस्कारका लागि मापदण्ड बनाएको उनको भनाइ छ।

पुरस्कारका लागि आएका आवेदनहरूलाई ‘उत्कृष्ट कृषि पुरस्कार मापदण्ड, २०७९’ को अनुसूचीअनुसार मूल्याङ्कन गरिने छ। त्यसका लागि जिल्ला स्तरमा पुरस्कृत गर्नका लागि कृषि ज्ञान केन्द्रका प्रमुखको संयोजकत्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख र संयोजकबाट ताकिएका कृषि ज्ञान केन्द्रका प्राविधिक अधिकृत सदस्य रहेको समिति निर्माण गरिएका छन्।

प्रदेश स्तरमा उत्कृष्ट पुरस्कार छनोटका लागि मन्त्रालय वा सम्बन्धित निर्देशनालयले लगाइएको बाली र आवेदकको प्रकृति खुलाई कृषि ज्ञान केन्द्रसँग प्रदेश स्तरको पुरस्कार प्राप्त गर्न योग्य कृषक, कृषि फर्म(कम्पनी, कृषक समूह तथा सहकारी संस्थाको विवरण माग गर्नेछ।

राष्ट्रिय तथा प्रदेश स्तरको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको आवेदकले आगामी पाँच आर्थिक वर्षसम्म पुनः पुरस्कार पाउन नसक्ने व्यवस्था गरिएको छ। तर पहिले पुरस्कृत भएको व्यवसायलाई निरन्तरता दिनेको हकमा फरक विधामा भने पुरस्कृत गर्न निर्देशक रेग्मीले बताए।

मापदण्डअनुसार जिल्ला स्तर उत्कृष्ट पुरस्कारको सङ्ख्या चार वटा रहेका छन् भने एउटा पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। प्रदेश उत्कृष्ट पुरस्कारको सङ्ख्या पनि चार वटा नै रहेका छन्। यसको प्रति पुरस्कार राशि २० हजार रुपैयाँ राखिएको छ। यस्तै प्रदेश सर्वोत्कृष्ट पुरस्कार एउटा मात्रै रहेको छ भने यसको राशि ३० हजार रुपैयाँ रहेको छ।

पुरस्कारको लागि छनोटमा पर्ने बाली तथा बस्तुहरू अन्नबाली र आलु, दलहन र तेलहन बाली, तरकारी, पुष्प, मसला बाली, अलैँची, च्याउ, फलफूल, फलफूल नर्सरी, चिया, कफी, मौरी पालन, माछा पालन, भेडा, बाख्रा, च्याङ्ग्रा, गाई, भैँसी, याक, चौँरी, कुखुरा, हाँस, घाँस खेती, खाद्यान्न बीज वृद्धि, तरकारी बीज वृद्धि रहेका छन्। यी बालीका लागि निश्चित क्षेत्रफल र सङ्ख्या निर्धारण गरिएको छ।

Previous Post

जापानमा भूकम्प गएको पाँच दिनपछि ९० बर्षकी वृद्धाको सकुशल उद्धार

Next Post

सर्लाहीको बरहथवा अशान्तः मेयर कटवालको घरमा ढुंगामुढा, प्रहरी कार्यालयमा आक्रमण

सम्बन्धित खबर

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान
फिचर-ब्यानर

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

३० बैशाख २०८३,
घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
फिचर-ब्यानर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

३० बैशाख २०८३,
विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
समाचार

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

३० बैशाख २०८३,
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस
समाचार

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० बैशाख २०८३,
औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
समाचार

औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

३० बैशाख २०८३,
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
समाचार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

३० बैशाख २०८३,
Load More
Next Post
सर्लाहीको बरहथवा अशान्तः मेयर कटवालको घरमा ढुंगामुढा, प्रहरी कार्यालयमा आक्रमण

सर्लाहीको बरहथवा अशान्तः मेयर कटवालको घरमा ढुंगामुढा, प्रहरी कार्यालयमा आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In