• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’

by
२२ पुस २०८०,
0
विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी – भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन्।

दोर्दीको विकट गाउँमा ५० वर्षदेखि शिक्षाको उज्यालो छरिरहेको बालकल्याण माध्यमिक विद्यालय यसकै एक उदाहरण हो।

अघिल्लो पुस्ताको त्याग र मेहनतको जगमा उभिएको सो विद्यालयले अहिले शैक्षिक तथा भौतिक सुधारमा फड्को मारेको छ। चिटिक्क विद्यालय भवन, सिकाइमैत्री वातावरण, अध्यापनमा समर्पित शिक्षक, जिज्ञासु र अनुशासित विद्यार्थी, जागरुक अभिभावक तथा विद्यालयप्रतिको सामाजिक एकताले बालकल्याण मावि सिँगारिएको छ।

विसं २०३० मा बोधलाल श्रेष्ठ, कामराम गुरुङ र चेष्टनारायण गुरुङले सो विद्यालय स्थापनामा अगुवाइ गरेका थिए। दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले बालकल्याण माविलाई गाउँको चेतनाको धरोहरका रूपमा चिनाए। ‘दोर्दी करिडोरको अगुवा विद्यालय हो यो, भौगोलिक हिसाबले पछाडि परे पनि यहाँको शैक्षिक उन्नयनमा बालकल्याण माविको महत्त्वपूर्ण योगदान छ’, उनले भने।

उक्त विद्यालयमा फलेनीसहित ढोडेनी र बन्सर क्षेत्रका बालबालिका अध्ययनका लागि आउने गरेका छन्। विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार अहिले दुई सय पाँच विद्यार्थी विद्यालयमा अध्ययनरत छन्। गुणस्तरीय सिकाइका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालय, बालविकास केन्द्र आदि सञ्चालनमा रहेको प्रअ घिमिरेले बताए।

‘भवन, कक्षाकोठाको अभाव छैन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनवटा पक्की भवन बनेका छन्, भौतिकरूपमा विद्यालय सम्पन्न छ’, उनले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धिसँगै विद्यालयको समग्र शैक्षिक सुधारतर्फ हामी केन्द्रित भएका छौँ।’ विद्यालयले कक्षा १० का विद्यार्थीका लागि आवासीयरूपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको उनले उल्लेख गरे।

कक्षाकोठामा अधिकतमरूपमा शैक्षिक सामग्रीको प्रयोग गर्दै विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक सिकाइ अभ्यासमा जोड दिइएको उनले बताए। ‘छिट्टै अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजनामा छौँ, तर त्योभन्दा पहिले तल्लो तहका विद्यार्थीलाई नेपाली भाषामै परिपक्व बनाउनुपर्ने आवश्यकता छ’, प्रअ घिमिरले भने, ‘कक्षा १० र ८ कक्षामा पूर्वपरीक्षा लिने गरिएको छ, विद्यार्थीलाई नियमित विद्यालय ल्याउन हेलो अभिभावक कार्यक्रम सञ्चालन भइरहेको छ।’

भौगोलिक विकटता र छरिएर रहेका बस्ती भएका कारण कक्षा ९ र १० मा पढ्ने कतिपय विद्यार्थी घण्टौँ लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष रीसमाया गुरुङले बताइन्। लप्सीबोट, दैलुङ, नागी, सिमलगायत गाउँबाट एक–डेढ घण्टा पैदल हिँडेर विद्यार्थी बालकल्याण माविमा आउने गरेको उनको भनाइ छ।

‘टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले गाडीको व्यवस्था गर्नसके धेरै सहज हुने थियो, यसमा हामीले पहल गर्छौँ, गाउँपालिकामा पनि यो कुरा उठाउँछौँ’, वडाध्यक्ष गुरुङले भनिन्, ‘गाउँलेकै योगदान र पहलबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो, भवनलगायत पूर्वाधारमा राज्यको पनि ठूलो लगानी परेको छ।’

विद्यालयसम्म जोड्ने सडक स्तरीय नहुँदा यातायात सञ्चालनमा पनि कठिनाइ रहेको उनको भनाइ छ। वडाको थोरै बजेटले पूर्वाधार विकासका काम गर्न नसकिने भन्दै वडाध्यक्षले गुरुङले त्यस क्षेत्रमा सडक र खानेपानीको सुविधाका प्रदेश र सङ्घ सरकारको बजेट चाहिने उल्लेख गरिन्।

विद्यालयकै शैक्षिक विकासका लागि ‘बालकल्याण मावि स्वर्ण अक्षयकोष’ स्थापना गरिएको प्रअ घिमिरेले जानकारी दिए। यही पुस ९ देखि १४ गतेसम्म चलेको विद्यालयको ५०औँ वार्षिकोत्सव एवं स्वर्ण महोत्सवका अवसरमा उक्त अक्षयकोषमा रु ४३ लाख ५० हजार सङ्कलन भएको उनले बताए। अक्षयकोष स्थापनार्थ सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्थानीय दाताबाट सो रकम जुटेको हो। सबैभन्दा बढी दोर्दी–८ बन्सरका खर्ब तामाङले रु तीन लाख प्रदान गरेको विद्यालयले जनाएको छ। विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायतका योजना अगाडि बढाएको छ।

विद्यालयमा प्रावि तहमा नौ स्थायी, निमाविमा चार स्थायी र मावि अनुदानमा दुई शिक्षक, एक लेखापाल, कार्यालय सहयोगीलगायत गरी १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। शिक्षकको तलब सुविधामा विद्यालयलाई आन्तरिक स्रोतबाट रकम जुटाउनुपर्ने स्थिति छैन। तलब, भत्ता सबै राज्यकोषबाट प्राप्त हुने गरेको प्रअ घिमिरेले जानकारी दिए।

‘टाढाबाट आउने विद्यार्थीका लागि यातायातको सुविधा नहुँदा समस्या भइरहेको छ, दैनिक घण्टौँ लगाएर विद्यालय आउजाउ गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘विद्यालयको आफ्नै बस सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँग आर्थिक सहयोगको माग गरेका छौँ।’

Previous Post

बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री

Next Post

करेसाबारीको तरकारी दिवा खाजामा

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
करेसाबारीको तरकारी दिवा खाजामा

करेसाबारीको तरकारी दिवा खाजामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In