• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्लाविया बनिन् ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को विजेता

by
२२ पुस २०८०,
0
फ्लाविया बनिन् ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को विजेता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँकी २१ वर्षीय फ्लाविया महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ घोषित भएकी छन् । विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

ग्रीनआर्ट मिडियाले राजधानीमा शुक्रवार साँझ आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताजसहित इजिप्टमा हुने प्रतियोगिताका लागि छनोट भएकी हुन् ।

कार्यक्रममा महर्जनलाई गत वर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज लगाइदिएकी थिइन् । स्ट्यान्ड लन्च एन्ड बार बत्तीस पुतलीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रवीण लाकौल , चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेरराज गिरी, सञ्चारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ सृष्टि महर्जन र मिस हेरिटेज २०२३ आज्मा महर्जन लगायतको उपस्थिति थियो ।

कार्यक्रममा गत वर्षकी ‘मिस इको इन्टरनेशनल’ विजेता उप्रेतीले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल’ नेपाललाई विश्वमा चिनाउने एउटा सुनौलो अवसर भएको बताउँदै उक्त मञ्चको महर्जनले राम्रोसँग सदुपयोग गर्ने बताइन् । उप्रेतीले महर्जनबाट ‘मिस इको इन्टरनेशनलको’ ताज नेपाल भित्रिने आश गर्न सकिने धारणा राखिन् ।

विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा जस्तोसुकै चुनौती आए पनि सामना गर्ने धारणा राखिन् । प्रतियोगितामा आफूले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् ।

ग्रीन आर्टस मिडियाका सिइयो प्रवीण लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’ मा नेपालको नाम राखेर फर्किने बताए । अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु निकै गौरवको विषय भएको बताउँदै उक्त अवसरको सदुपयोग गर्दै आफ्नो र राष्ट्रको नाम उँचो राख्न महर्जनलाई सुझाए ।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । महर्जनलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट ग्रुमिङ गरिनेछ ।

ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रूपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रवीण लाकौल रहेका छन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल।टी।सी।पी।अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

Previous Post

त्रिविको उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापन रद्द

Next Post

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

सम्बन्धित खबर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !
फिचर-ब्यानर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

२९ बैशाख २०८३,
हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
Load More
Next Post
शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In