• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कीर्तिपुरमा पनि उच्च प्रविधियुक्त पुस्तकालय

by
२० पुस २०८०,
0
कीर्तिपुरमा पनि उच्च प्रविधियुक्त पुस्तकालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय देशकै पहिलो आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) सुविधासहितको पुस्तकालय बनेको छ ।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले आज त्रिवि परिसरमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । आरएफआइडी प्रणालीले पुस्तकको वितरण र पुनःप्राप्तिसम्बन्धी अभिलेख स्वचालितरुपमा राख्नेछ ।

कार्यक्रममा मन्त्रीद्वयले नवनिर्मित पुस्तकालय भवनसँगै भारत सरकारको भूकम्प पुनःनिर्माण सहायताअन्तर्गत देशका विभिन्न भागमा सम्पन्न २५ विद्यालय, ३२ स्वास्थ्यसंस्था तथा एक गुम्बाका नवनिर्मित भवनको भर्चुअल उद्घाटन गरे ।

उद्घाटनपछि भारतीय विदेशमन्त्री जयशङ्करले त्रिवि पुस्तकालयको नयाँ भवनसँगै २०७२ सालको भूकम्पपश्चात् भारत सरकारको प्रतिबद्धताअनुरुपका ७५ वटै निर्माण परियोजना पूरा भएको बताए ।

यसका साथै भारत सरकारले हालैको जाजरकोट भूकम्पपछि आवास पुनःनिर्माणमा रु एक अर्ब बराबरको सहयोग गर्ने उनले बताए ।

नेपाल र भारतबीच ‘कनेक्टीभिटी’का विभिन्न आयामलाई अघि बढाउने प्रयास भइरहेको उनले बताए । यी सबैको उद्देश्य आमजनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु रहेको उनको भनाइ थियो ।

पुस्तकालयसहित ऊर्जा र अन्य क्षेत्रमा दुई देशबीच भएका सहमतिले आफ्नो नेपाल भ्रमणलाई अभूतपूर्वरुपमा सफल बनाएको धारणा थियो ।

परराष्ट्रमन्त्री साउदले त्रिवि केन्द्रीय पुस्तकालयले नवनिर्मित भवन पाउँदा दुई देशको सम्बन्धलेसमेत कोशेढुङ्गाको पार गरेको धारणा राखे । भारत सरकारले भूकम्पलगायतका अवस्थामा गरेको महत्वपूर्ण सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गराएको उनले बताए ।

दुई देशबीचको आपसी सहयोग र सद्भावले आगामी दिनमा समेत थप उचाइ पाउने विश्वास मन्त्री साउदले व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै भारतीय सहयोग पाउँदै आएको बताए ।

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनले यसलाई डिजिटल स्रोतसहित देशमा ज्ञानको सर्वाधिक ठूलो अत्याधुनिक खोज केन्द्र बनाएको धारणा थियो ।

त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीनतले नवनिर्मित पुस्तकालयलाई एकैसाथ दुई हजार विद्यार्थी प्रयोग गर्न सक्नेछन् ।

यहाँ अपाङ्गमैत्री शौचालय तथा लिफ्टलगायतका सुविधासमेत छन् । ठाउँको हिसाबले यो पुस्तकालय नेपालकै फराकिलो पुस्तकालयमा पर्ने जानकारी पुस्तकालय प्रमुख सुवेदीले दिए । उनले पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी दिए ।

विसं २०७७ मा थालिएको पुस्तकालय निर्माण कार्य हालै सकिएको हो । यहाँ भारतीय पुस्तकको छुट्टै कोठासमेत रहेको छ । यसबाहेक पुस्तकालयमा ‘ई–रिसोर्सेज’मार्फत थप ज्ञान दिन ५० भन्दा बढी कम्प्युटर उपयोग गर्न दिइनेछ ।

Previous Post

भीमफेदी कुलेखानी दक्षिणकाली सडकखण्ड बन्द

Next Post

बेलुकाको खाना ढीला त खानुहुन्नः स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
Load More
Next Post
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक

बेलुकाको खाना ढीला त खानुहुन्नः स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In