काठमाडौं । वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुस ११ गते यशोदा फुड्सलाई करेन्ट चाउचाउको उत्पादन र बिक्रीमा रोक लगाएको हो ।
करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको आरोप लागेको थियो । कम्पनीले करेन्ट चाउचाउलाई वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै सीजी फुड्सले अदालतमा मुद्दा हालेको थियो ।
सीजीले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै तत्काल रोक्न माग गरेको थियो ।













