खानालाई स्वादिलो र आकर्षक बनाउनका लागि गोलभेडा अनिवार्य जस्तै मानिन्छ । गोलभेँडालाई विभिन्न परिकार बनाएर खानाको साथै शृङ्गारको सामानको रुपमा समेत प्रयोग गर्न सकिन्छ । टमाटरको अर्काे महत्वपूर्ण कुरा भनेको यसलाई जति पकाउँदा पनि त्यसको पोषक तत्व नष्ट हुँदैन । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ ।
टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ —
– प्रतिदिन टमाटरको जूस पिउनाले तौल घट्छ ।
– गर्भावस्थामा टमाटर खानु निकै फाइदाजनक हुन्छ । भने बच्चाको मानसकि तथा शारीरिक विकासका लागि पनि टमाटर फाइदाजनक हुन्छ ।
– टमाटरमा मरिच मिसाएर खाँदा पेटमा भएका जुका वा अन्य किरालाई नष्ट गर्न मद्धत गर्छ ।
– टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ
– टमाटरलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।













