पछिल्लो समय धेरैजसो अभिभावकको चिन्ताको विषय भनेको नै आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाउनु हो । बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बिगार्नुका साथै बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा गर्दन तथा ढाडको हड्डीमा समेत समस्या आउँछ । यसका साथै स्वास्थ्यमा अन्य समस्या पनि निम्तिने गर्छ । त्यसकारण बालबालिकालाई
मोबाइलबाट टाढा राख्ने केही उपाय अपनाउन जरुरी हुन्छ —
– सबैभन्दा पहिला बच्चाले थाहा नपाउने गरी मोबाइलमा पासवर्ड राख्ने
– मोबाइल हेर्न भन्दा पनि बाहिर खेल्न बानी बसाउने
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा राम्रोसँग बुझाउने
– घरमा रहँदा पनि मोबाइलभन्दा खेल तथा अन्य क्रियाकलापमा ब्यस्त बनाउने
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय खुल्ला ठाउँ, पार्क या त्यस्तै प्राकृतिक ठाउँहरुमा घुमाउन लैजाने
– बालबालिकासँग नजिक रहने र रचनात्मक कामका लागि उनीहरुलाई प्रेरित गर्ने ।













