• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

को को छन् राष्ट्रिय सभाका लागि कांग्रेसमा आकांक्षी ?

by
१२ पुस २०८०,
0
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लामो सूची देखिएको छ ।

केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर प्रदेश कार्यसमितिहरूले भने आकांक्षी रहेका सबै नेताहरूको नाम संकलन गरेर केन्द्रलाई पठाइदिएपछि सूची लामो बनेको हो ।

यसपटक जम्मा १९ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसमध्ये सत्ता गठबन्धनमा भाग लगाउँदा कांग्रेसले बढीमा १० सिट पाउने सम्भावना देखिएको छ । तर कांग्रेसमा मात्रै सिट संख्याभन्दा कैयौं गुणा धेरै आकांक्षीहरू देखिएका छन् । उम्मेदवारका लागि प्रदेशबाट आकांक्षीहरूको नाम सिफारिस भएर आएपछि विधानबमोजिम केन्द्रीय संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ ।

उम्मेदवार चयनका विषयमा कांग्रेसले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन । तर बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा त्यसबारे छलफल हुने नेताहरूले बताएका छन् ।

प्रदेश कार्यसमितिले तयार गरिरहेको आकांक्षीहरूको सूचीमा पार्टीका पूर्वपदाधिकारीदेखि हालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेशका पदाधिकारी र सदस्य तथा जिल्लाका नेताहरूसमेत छन् । आकांक्षीमा पटक/पटक अवसर पाएर अब फेरि चुनाव लड्ने र जित्ने सम्भावना नभएका नेताहरू छन् भने कोही पुरै राजनीतिक जीवनभर अवसर नपाएका समेत रहेका छन् ।

प्रदेशबाट तयार भइरहेको आकांक्षीको सूचीमा २५ जना त केन्दीय कार्यसमितिका सदस्यहरू मात्रै आकांक्षी देखिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवारका आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्य देखिएका छन् । कोशी र बागमतीबाट ८–८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी देखिएका छन् । मधेश र सुदूरपश्चिम प्रदेश समितिले भने नाम संकलन गरिसकेका छैनन् ।

हाल राष्ट्रियसभाको अध्यक्षका लागि चर्चा भइरहेका नेता कृष्णप्रसाद सिटौला कोशीबाट सिफारिस भएका छन् । उनी कांग्रेसका पूर्वमहामन्त्री हुन् । तर सिटौलासँगै कोशी प्रदेश समितिले केन्द्रीय सदस्यहरू डा। मिनेन्द्र रिजाल, डा। डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरूङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा, पूर्व अर्थमन्त्री महेश आचार्य, गुरु घिमिरे र रुक्मिणी कोइरालाको नाम पनि सिफारिस गरेको छ । कोशीबाट महिला १ र अन्य १ पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै बागमती प्रदेशबाट पनि केन्द्रीय सदस्यहरू मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा। केदारनरसिंह केसी पनि सिफारिस भएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । यहाँबाट पूर्वसभामुख तारानाथ रानाभाट, देवराज चालिसे सहितको नाम सिफारिस भएको छ ।

त्यस्तै कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीसहित ९२ जनाको नाम सिफारिस भएको छ । सुर्खेतबाट पूर्वसभापति डम्बर जिसी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ जना छन् । दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ । जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम छ । जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ ।

कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ । रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस भएको छ ।

मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ । डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ । कर्णालीमा तीन सिटका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै, लुम्बिनीबाट केन्द्रीय सदस्यहरु डा। गोविन्दराज पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । तर पोखरेल, भुसाल, शाह र केसीसहित लुम्बिनीबाट मात्रै १२१ जनाको नाम सिफारिस भएको छ ।

Previous Post

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
दसैँमा मौसम सामान्यतया सफा रहने

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In