• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देश छोड्नेको लर्को र भविष्यमा देखिने यसको असर

by
८ पुस २०८०,
0
देश छोड्नेको लर्को र भविष्यमा देखिने यसको असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय उडान भर्ने ठाउँमा केही क्षण रोकिदा मात्र पनि देशको पछिल्लो समयको जर्जर अवस्था बुझ्न सकिन्छ । यहाँबाट दैनिक करिब ३ हजार भन्दा बढी मानिस देश छोडिरहेका छन्, अझ भनौं विदेशीरहेका छन् ।

केही दिन अघी काखको बच्चाले आफ्नी आमालाई दही खुवाएर बिदाइ गरेको भाइरल पोस्ट, रित्ता खुट्टा एउटा पोको बोकेर बिदेसीदै गरेका युवक, मदिराले लठ्ठिदै हातमा पासपोर्ट बोकेर बिदेश जादै गरेका एक दाजु–बाबुलाई बुढेशकालमा साहारा हुनु पर्ने छोरो बिदाइ गर्दै गरेका ति बाबु सायद उनको अन्तिम भेट हुन सक्छ आफ्नो छोरा सँग । यी दृश्म मन थाम्न नसक्ने छन् । तरपनि विदाई गर्नुपर्ने बाध्यता, देश छाड्नु पर्ने बाध्यता ।

साच्चिकै विमानस्थलका दृश्क देख्दा मन निकै भाबुक हुन्छ । यद्यपी गर्न केही सकिदैन मात्र कलम चलाऊन बाहेक । देश छोडेर विदेश जानु आफैँमा पीडादायी अवस्था हो । तरपनि, नेपालीको यो नियती दुःखदायी भन्दा बढी खुसी झल्किन्छ । विदेशीँदा धेरै नभए पनि ‘टुकी बत्तीले दिने उज्यालो’को आशामा परिवार र स्वयं रहेका छन् ।

चकमन्न अन्धकारमा टुकी बत्तीले कति प्रकाश दिन्छ वा महत्व हुन्छ, यो भन्नु पर्ने विषय नै रहेन । अहिले नेपालीलाई विदेशीन पाउँदा यस्तै प्रकाश पाइरहेका छन्, जीवनमा यस्तै उज्यालो छाउने विश्वास गरिरहेका छन् । तरपनि विदेशीनु अहिले बाध्यता जस्तै बनेको छ । देशमा राजनीतिक स्थीरता, उद्योग कल कारखाना स्थापना भएका भए धेरै ले रोजगारी पाउने थिए । भएका उद्योगहरु पनि धमाधम बन्द भएका छन् । सरकार रोजगार सिर्जना गर्नु भन्दा पनि विदेश गएकोमा रमाउन थालेको छ ।

सरकार पछिल्लो समय रेमिट्यान्स बढेकोमा खुसी भएको छ । उसको प्रमुख आयस्रोत रेमिट्यान्स भएकोमा गर्व गर्दछ । यसरी रेमिट्यान्सलाई गर्व गर्ने सरकारको आशय प्रष्ट भएको छ । हरेक दिन, महिना, वर्ष व्यापार घाटा बढेको बढ्यै छ । तर, पनि सरकारलाई चिन्ता छैन् ।

पछिल्लो समय नेपालबाट विदेशीनु दुई समूह रहेका छन्, एक रोजगारका लागि, अर्को शिक्षाको लागि । रोजगारका लागि मलेसिया, दक्षिण कोरिया, खाँडी मुलुक र पछिल्लो समय यूरोपियन देशहरु रहेका छन् र अर्को अध्ययनको लागि । अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत र केही यूरोपियन देशहरु ।

जे जस्तो बाहनामा विदेश गएपनि यहाँ अवसर, रोजगारी सृजना, आर्थिक संकलन गर्न नसक्ने अवस्था र भविष्य नदेखिएर नै हुन् । त्यसो त अध्ययनका लागि जाने हरु मध्ये अधिकांश उतै पलायन हुने हुन्। उतैका नागरिक बन्ने हुन् । यहाँ उनीहरुले जीवन बाँच्न नै कठिन देखेर वा भनौँ केही हुन्न भनेर उत्तै भासिनेहरु यीनिहरु नै हुन् । हामीले यो पनि भुल्नु हुँदैन कि देश फर्कर्ने र देशमा रेमिट्यास पठाउनमा योगदान गर्ने रोजगारका लागि जाने नै हुन् ।

नेपाल र विदेशमा के छ अन्तर ?
विदेशी देश र नेपाल बीचको भिन्नताको तुलना गर्नु दिवास्वप्न मात्र हो । नेपाल र ती देशबीच संस्कृति, आर्थिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा, सामाजिक प्रणाली, राजनीतिक स्थिरता जस्ता विविध पक्षमा आकाश—जमिनको फरक छ ।

नेपाली जाने देशहरुमा विशेष रुपमा आर्थिक रूपमा विकसित, राम्रो पूर्वाधार विकास, उच्च जीवनस्तर, अधिक रोजगारीका अवसरहरू, उन्नत स्वास्थ्य सेवा र शिक्षा प्रणालीहरू, र नेपालको तुलनामा धेरै सुविधाहरू र सेवाहरू छन् । उनीहरूले उच्च बहुसांस्कृतिकता र विश्वव्यापी प्रभावका कारण थप राजनीतिक स्थिरता र थप विविध सांस्कृतिक परिदृश्य पनि प्रदान गर्न सक्छन् ।

यद्यपि, नेपालले आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, अचम्मको प्राकृतिक सौन्दर्य, र धेरै विदेशी देशहरूमा पाइने परम्पराहरू भन्दा उल्लेखनीय रूपमा भिन्न हुन सक्ने परम्पराहरूको साथ आफ्नै अद्वितीय आकर्षण रहेको छ । यसलाई नेपालले न त प्रचार गर्न सकेको छ र न प्रचार गरे के हुन्छ भन्ने नै थाहा पाउन सकेको छ । नेपालको विदेशी मुद्राको संकलनको प्रमुख स्रोत पर्यटन भएपनि नेपालले यस्ता साना साना कुरामा प्रचार, प्रबद्धन र विकास गर्न सकेको छैन् ।

भविष्यमा नेपालको अवस्था के होला ?
नेपालबाट विदेशीने भनेकै उर्जावान युवा नै रहेका छन् । जो श्रमको लागि लायक नै छन् । खासगरी युवा जनसङ्ख्यामा राम्रो अवसरको खोजीमा नेपाल छाडेर विदेशिने प्रवृत्ति देखिएको छ । यो बहिर्गमन, यदि यो महत्त्वपूर्ण दरमा जारी रह्यो भने, सम्भावित रूपमा देश भित्र जनसांख्यिकीय असंतुलन निम्त्याउन सक्छ । यदि नेपालमा फर्किने वा बस्ने युवा व्यक्तिहरूको समानुपातिक आगमन बिना यो प्रवृत्ति कायम रह्यो भने, यसले वास्तवमा देश भित्र वृद्ध मात्र हुन सक्छन् । यो क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ ।

जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ । यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको सङ्केत गरेको छ ।

विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ । अहिले तराईमा कूल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ । ‘राष्ट्रिय जनगणना–२०७८’को प्रतिवेदन र विभिन्न स्रोतका आधारमा प्राकृतिक प्रकोप, बेरोजगारी, राजनीतिक अस्थिरतालगायत कारणले बसाइँ सर्नेको सङ्ख्या बढेको केन्द्रीय तथ्याङ्कले देखाउँछ ।

अर्को पाटो हेर्ने हो भने, विदेश जानेको परिवारमा बसाई सराई तिब्र भएको छ । श्रीमान् विदेशबाट पैसा पठाउनसाथ छोराछोरी पढाउनको बहानामा नजिकको शहर पस्ने क्रम तिब्र भएको छ । जसले गर्दा परिवारमा खण्डन भएको देखिन आएको छ । छोरो विदेशीएर पैसा कमाउन थालेपछि बुहारी शहर पस्ने क्रम जारी रहेको छ । नाति र नातिनालाई समाएका ती औलाँ विरानो भएका छन् ।

बामे सार्न सिकाएका ती नाति नातिका हजुरआमा हजुरबुबामात्र टाढा भएका छन् । वृद्धबृद्धामात्र थाकथलोमा बस्न बाध्य भएका छन् । भनौँ बुढेसकाल्मा एक्लै भएका छन् । यसले समाजमा र परिवारमा पछिल्लो समय पारिवारिक विचचलन पनि आएको छ । संयुक्त रुपमा रम्ने, रमाउने समाज पछिल्लो समय एकल भएको छ । यसले भोलिको दिनमा आफ्नो सामाजिक परिवेश, समाज संरचना र संस्कृति तथा परम्परामा कस्तो असर पार्छ त्यो भने हेर्न बाँकि नै छ ।

Previous Post

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

Next Post

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

सम्बन्धित खबर

मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
Load More
Next Post
मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In