• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भूमिमाथिको ज्यादती रोकौँ, मानवको अस्तित्व जोगाऔँ’

by
८ पुस २०८०,
0
‘भूमिमाथिको ज्यादती रोकौँ, मानवको अस्तित्व जोगाऔँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पृथ्वी र मानव जीवनको अस्तित्व धानेको माटो (भूमि) को संरक्षणमा युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले राजधानीमा आजदेखि ‘भूमि हाम्रो भविष्य’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । माटो संरक्षणको क्षेत्रमा क्रियाशील ‘ल्याण्ड आवर फ्युचर’ संस्थाले आयोजना गरेको उक्त सम्मेलनमा भूक्षय, वन विनाश, जलवायु परितर्वनबाट कृषि, जल र खाद्य क्षेत्रमा देखिएको सङ्कट तथा वातावरण एवं जैविक विविधतासम्बन्धी विषयमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन सत्रमा सहभागीले रासायनिक मल र विषादीको जथाभावी प्रयोग अन्त्य गरेर भूमिमाथिको ज्यादती रोक्नुपर्नेमा जोड दिएका थिए । भूमिको संरक्षण नै प्राकृतिक संरक्षण रहेको उल्लेख गर्दै उनीहरुले भूमि विषाक्त हुँदा पृथ्वी र सिङ्गो मानव जीवनको अस्तित्व खतरामा परेको बताए । भूमिबिना मानव अस्तित्व कल्पना गर्न नसकिनेमा जोड दिँदै सहभागीले युवावर्गले माटो जोगाउनका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

सम्मेलनमा माटो जोगाउने अभियानकर्मी, विज्ञ एवं वातावरण, जलवायु, वन, कृषि तथा कानुन विषय अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । सम्मेलनमा भर्खरै सम्पन्न जलवायु सम्मेलन ९कोप–२८० का निर्णय कार्यान्वयन र अगामी कार्यदिशालगायत विभिन्न पाँच विषय क्षेत्रभित्र बृहत छलफल हुनेछ । कोप–२८ को उपलब्धि, जलवायु सङ्कटसँग जुधिरहेको नेपालको कमजोरी तथा कोप–२९ मा नेपालले उठाउनुपर्ने विषयमा छलफल हुने सम्मेलनका संयोजक अविनभ चौधरीले जानकारी दिए ।

सो अवसरमा नेकपा ९माओवादी केन्द्र० का सचिव एवं पूर्वमन्त्री गणेश साहले जलवायु परिवर्तनको असर सबैभन्दा बढी प्रभाव युवा पुस्ताले नै व्यहोर्नुपर्ने भन्दै युवापुस्ता वातावरण तथा जैविक विविधतामा संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिए । उनले जैविक विविधता संरक्षण तथा फोहोर व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

ऊर्जा सङ्कट र ऊर्जा सुरक्षा अहिलेको प्रमुख मुद्दा बनेको उल्लेख गर्दै उनले नवीकरणीय ऊर्जा, माटो, पानी, खाद्य सुरक्षामा युवा जनशक्ति क्रियाशील हुनुपर्ने बताए । “युवामा ठूलो जिम्मेवारी छ, पृथ्वीको भविष्य युवाकै हातमा छ”, पूर्वमन्त्री साहले भने, “माटो संरक्षणको विश्वव्यापी जिम्मेवारी पूरा गर्न युवापुस्ता लाग्नुपर्छ ।”

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो विकासको लक्ष्य र जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान केन्द्रित भएको बताए । उनले हरेक क्रियाकलापलाई वातावरण मैत्री बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील पाँच युवालाई युवा सम्मान प्रदान गरिएको थियो ।

Previous Post

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

Next Post

मौसमः आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
दसैँमा मौसम सामान्यतया सफा रहने

मौसमः आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In