• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१६८ मुरी धान फलाएर सम्मानित भएका बम्जन दम्पती भन्छन्–दुःख नभई सुख हुँदैन रहेछ

by
७ पुस २०८०,
0
१६८ मुरी धान फलाएर सम्मानित भएका बम्जन दम्पती भन्छन्–दुःख नभई सुख हुँदैन रहेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका हुन्।

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उनीऔधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए। त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाए।

“वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । “विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उनले भने “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् ।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए। तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । “धान जम्मा गर्न रु सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उनले भने। बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् ।

“दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्”, मकरबहादुरले भने । विसं २०६० देखि धान खेतीमा लागिपरेको उनी बताउछन् । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उनले बताए । मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन् । “गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ”, उनले भने । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ ।

Previous Post

चलचित्र घर ज्वाँईको छायांकन माघ तेस्रो सातादेखि सुरु हुने

Next Post

प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

सम्बन्धित खबर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
Load More
Next Post
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In