काठमाडौं । निर्माण कम्पनी जि। एम। मुभिज प्रडक्सन प्रालिको चलचित्र घर ज्वाँई छायाङकन माघ महिनाको तेस्रो हप्तादेखी पूर्वी रुकुम तकसेरामा हुने सुरु भएको छ । उक्त चलचित्रको प्रदर्शन भने आगामी असार महिनाको २८ गते हुनेछ ।
घर ज्वाँइं चलचित्रको कथा निर्देशक तथा लेखक अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइराला रहेका छन् । यस्तै निर्माता जनक घर्ती मगर,सिनेमाटोग्राफर सुसन प्रजापति,मुख्य सहायक निर्देशक फिरोज खड्का,शब्दरसंगीत हर्क साउद र मनोज थापा,कोरियोग्राफी–रामजी लामिछाने,कस्ट्युम डिजाइन संगीत मगर,प्रडक्सन कन्ट्रोलर धन बहादुर राई रहेका छन भने संचार सल्लाहकार लक्ष्मण सुवेदी रहेका छन् ।
घर ज्वाँई चलचित्रमा कलाकारहर दयाहाङ राई ,मिरुना मगर,बुद्धि तामाङ, पुष्कर गुरुङ,शिशिर बाङ्देल,राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,खबपु पुन,बिबेश बुढा मगर,सुनिल मगर रहने छन् ।
अन्तरास्ट्रिय अधिकार , एम एस एम इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) र बितरकमा आर आर फिल्मस ९रोहित र रत्न ० रहने छन् ।













