स्टामिना बलियो भएमा शरीर स्वस्थ हुन्छ । घरी घरी रोग लाग्दैन । भित्रैबाट बलियो बन्न चाहनेले स्टामिना मजबूत बनाउपर्छ । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ । स्टामिना बढाउका लागि आयुर्वेदमा उल्लिखित केही सरल उपायहरूको बारेमा यहाँ चर्चा गरिएको छ—
– अश्वगन्धा प्राचीन औषधी हो । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना बढाउन सक्नुहुन्छ । यसले तनाव, कब्जियत र बाथरोगबाट पनि मुक्ति दिन्छ ।
– शतावरीको प्रयोगले स्टामिना बढ्छ र आत्मविश्वास पनि बढ्छ । यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ ।
– ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् र स्टामिना बढाउन सहायता गर्छन् ।
– प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग शरीरमा स्फुर्ती बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ ।
– घिउकुमारी, नीम, गोकशुरा जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।













