–सुरेशकुमार पाण्डे
यो गाइको नुन् थलोलाई पनि भित्र्याउन पाए गज्जबको खेत हुने थियो ! लक्ष्यले चौरतिर नियाल्दै बिस्तारै फतफतायो ।’
केही भन्यौ र बाबुले ? नजिकै पँधेरामा नुहाउन भनी आएकी लक्ष्यकी बुढी आमाले सोधिन् ।’
केही होइन आमा यो नुनथलो व्यर्थैमा राखेका छन् । तलतिर हाम्रो खेत छ । यही कुवाको पानीले धान प्रशस्तै फल्छ । यसलाई पनि भित्र्याउन पाए …..!
छि छि, कस्तो स्वार्थमा अन्धो हुन लागिस् छोरा ? गाईले पनि सराप्छन्, त्यसो गर्नुहुँदैन् । हामीसँग केको कमि छ ? खेत छ, बारी छ प्रशस्तै, खरबारी छ । बुढी आमाले छोरा लक्ष्यलाई सम्झाउने प्रयास गर्छिन् ।’
अब तिमीले पनि सम्झाउने मलाई ? अनपढ, खाने लगाउने ढङ्ग छैन् । मलाई त आमा भन्न पनि लाज लाग्छ तिमीलाई ! लक्ष्यले आमातिर डेरा आँखाले हेर्दै हकार्न थाल्यो ।’
हो बाबु, हो । म अनपढ, ढङ्ग न ढाल की भए पनि मेरै कोखबाट जन्मिएको, यिनै हातले पालेको हो तँलाई । आज तँलाई घिनलाग्दो भयो ! बुढी आमा पनि फतफताइन् ।’
अरूले बिरोध गरून वा नगरून् मेरी आमाले सधँैभरी जान्ने हुनुपर्छ । यो चौरलाई त म खेत बनाएरै छाड्छु । थाहा छ ? खेत बनाएपछि भोली लाखौं रूपियाँ पर्नसक्छ !– लक्ष्य झनै उफ्रियो ।’
“मनलाग्दो गर बाबु ! मुर्खदेखि दैव डरायो भन्थे हो रछ ! लक्ष रिसाएको देखेर बिस्तारै भनिन् र पँधेराबाट घरतिर लागिन् ।’
लक्ष्यले चौर कब्जा गर्ने उदेश्यले चौरलाई चारैतिरबाट नाप्न थाल्यो ।
साभारः लघुकथा कुनोबाट













