• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’

by
४ पुस २०८०,
0
घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।।

वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोशी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ ले पूरा गरिदिएको छ । माप्य दूधकोशी गाउँपालिका–५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्ने बित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान० र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर मज्जा लिन सकिन्छ ।

आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जो कोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै । त्यो भन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिला गरिएकामा पछुतो लाग्दछ । तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जङ्गलै जङ्गल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुग्छ । घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा लिन सकिन्छ ।

शेर्पा समुदायको संस्कृतिसँग जोडेको उक्त पदमार्ग ‘कुधाम भ्यू प्वाइन्ट’ पुग्छ । उक्त भ्यू प्वाइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ । तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यू प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ । उक्त डाँडाँबाट आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा ९५०७७०, चोयम ९४७१३०, विगफेरा ९६६०००, नुम्बुरचुली ९६९६००, कार्लुङ ९६५११०, कोङदेरी ९६१८७० देख्न सकिन्छ ।

यस्तै, खुङ्वाकाङ ९७७४३०, ग्यानचोङकाङ ९७९५२०, चुम्बु ९६८५९०, लोबुचे ९६९९५०, काङ्तेका ९६७८३०, क्यासार ९६७६९०, मेरापिक ९६४७६०, चाम्लाङ ९७३१९०, नौलेख ९६३६३०, पाङ्वो ९६३९०० लगायत २७ हिमाल देख्न सकिन्छ । सो डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चे बजारको मनोरम दृश्य समेत देख्न सकिन्छ । कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ । योतेल्मेमा गाउँपालिकाले पर्यटक खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ । योतेल्मेबाट दूधकोशीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ ।

सो गाउँपालिका–२ मा पर्ने अधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ । उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा समेत लिन सकिन्छ । पर्यटन व्यवसायी पासाङ शेर्पा हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालिगुराँस हेर्न पाइने भएकाले ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को ठूलो सम्भावना रहेको बताउँछन् ।

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सञ्चालन गर्नका लागि ट्रेकिङ एजेन्सीज् एशोसिसयन अफ नेपाल ९टान० र माप्य दूधकोशी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो । उक्त पदमार्ग सञ्चालन गर्नका लागि टानले गत वर्ष अध्ययन गरेर नक्सासमेत तयार गरिसकेको छ । टानका अध्यक्ष निलहरि बाँस्तोला सोलुखुम्बुमा भर्खरै शुभारम्भ गरिएको यस सांस्कृतिक पदमार्ग’ घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग भएको बताउँछन् । ‘तीन हजारभन्दा बढी उचाइमा रहेको उक्त पदमार्गबाट हिमाल, लालिगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य बन्नेछ’, उनी भन्छन् । अध्यक्ष बाँस्तोला जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजान सकिए सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बताउँछन् ।

विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन् । नेपालमा पदयात्राको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ आउने गरेका छन् । नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेका छन् । नेपाल पर्यटन वोर्डका सूचना अधिकारी मणिराज लामिछाने नेपालको पदयात्रा पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन वोर्डले लामो समयदेखि काम गर्दै आएको बताउँछन् । ‘जतिसक्दो धेरै पर्यटक भित्र्याउनका लागि पर्यटन वोर्ड लागेको छ’, उनी भन्छन् । आगामी दिनमा माप्य दूधकोशी गाउँपालिकासँग मिलेर ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ को पर्यटन प्रवद्र्धनमा लाग्ने उनको भनाई छ ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउँछन् । ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो’, उनी भन्छन् ।

टानका महासचिव विनोद सापकोटा पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बताउँछन् । ‘स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्गहरू मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टान लागेको छ’, उनी भन्छ । टानले यसबाहेक गोरखाको बारपाक–सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मर्स्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ । उक्त पदमार्ग १८ दिनको हुनेछ ।

यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । माप्य गाउँपालिकाका वरिष्ठ पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्की प्रकृति र संस्कृति दुबै हेर्नका लागि ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’को परिकल्पना गरिएको बताउँछन् । ‘सगरमाथा हेर्न चाहेका तर थोरै समय भएका पर्यटकलाई लक्षित गरी उक्त पदमार्ग निर्माण गरिएको हो’, उनी भन्छन् । टानका पूर्व उपाध्यक्ष कार्कीले उक्त पदमार्गको समय बढाउन सकिने बताउँछन् ।

उक्त पदमार्गबाट सिलगुढी, घुम्ने मेरा, कुधम, योतेल्मे, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभीरलगायतको स्थान हेर्न सकिन्छ । त्यसबाहेक उक्त पदमार्गबाट दुधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिन्छ । नयाँ निर्माण भएको पदमार्गमा फुर्वा शेर्पा र किरण तामाङले साइक्लिङ समेत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई गाउँपालिकाले आगामी दिनमा सातै वडालाई जोड्ने गरी नयाँ पदमार्ग निर्माण गर्ने बताउँछन् । अघिल्लो कार्यकालमा समेत गाउँपालिकाका अध्यक्ष भएका राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताउँछन् । ‘गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको छ’, उनी भन्छन् । पर्यटकलाई कम खर्चमा धेरै स्थान देखाउन सकिने अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्ट े९घरवास पर्यटन० निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ । सो गाउँपालिकाले आइतबार मात्र गाउँपालिका–५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना समेत गरेको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बताउँछन् । ‘पर्यटकले नयाँ कुराहरू हेर्न चाहेको हुन्छ, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ’, आरोही शेर्पा भन्छन् ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन् । नेपालमा वार्षिक रूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ । पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

ब्याक प्याकर्स एडभेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी दुर्गाप्रसाद ९कृष्ण० रेग्मी संसारको सबैभन्दा राम्रो पदयात्रा गन्तव्य नेपाल भएको बताउँछन् । नेपालमा धेरै ट्रेकिङ क्षेत्र भए पनि सञ्चालनमा भने कमै कम मात्र आएका छन् । अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन् ।

Previous Post

जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? अपनाउनुसु यस्ता सावधानी

Next Post

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In