• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सेनाका दुई मेजरसहित दर्जन बढी अधिकारीदेखि जवानसम्मलाई कारबाही

by
४ पुस २०८०,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनाले आचारसंहिताविपरीतका गतिविधि गर्ने आफ्ना दुई सेनानी (मेजर) सहित दर्जन बढी कर्मचारीलाई कारबाही गरेको छ ।

उनीहरूका गतिविधिविरूद्ध उजुरी परेपछि गठित सैनिक अदालतले गरेका कारबाहीसम्बन्धी फैसलालाई प्रधानसेनापति प्रभुराम शर्माले सदर गरेका हुन् । यसरी कारबाहीमा पर्नेमा दुई मेजरसहित दर्जन अधिकारी र जवानसम्म छन् ।

महिला कर्मचारीलाई गलत मनशायले फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाएको आरोपमा एक जना मेजर कारबाहीमा परेका छन् । शिक्षार्थीको रूपमा सैन्य आधारभूत तालिम गरिरहेकी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा मेजर सूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो ।

उनलाई ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर’ अन्तर्गत सो कारबाही गरिएको हो । नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत क्षेत्रीले ती महिला सैनिकलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका ९पुरूष अधिकृतको कोठा० मा प्रवेश गर्न लगाएर दुर्व्यवहार गर्न खोजेको आरोप छ र

त्यसविरूद्ध उजुरी परेपछि मध्यपश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जीसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले उनको दुई वर्षका लागि बढुवा रोक्काको फैसला सुनाएको हो ।

त्यस्तै आफूखुसी भाग्ने मेजर विवेक कार्कीलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट निष्कासन गरिएको छ । २०७० जेठ ३० गतेदेखि बिनाजानकारी अनुपस्थित रहँदै आएका उनीविरूद्ध ‘भगौडासम्बन्धी कसुर गरेको’ मुद्दा पुर्पक्षका लागि विशेष फौज बाहिनीका सहायक रथी भुवन खत्रीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो ।

यस्तै बिनाजानकारी वर्षौंअगाडि सम्पर्कविहीन भएका सिपाही खेमराज उपाध्यायलाई ३० दिन कैद र सरकारी सेवामा अयोग्य नठहरिने गरी जागिरबाट हटाउने फैसला भएको छ ।

उत्तरपश्चिम पृतना हेडक्वार्टर (तत्कालीन मध्यपश्चिम पृतना) मा कार्यरत उनलाई ‘भगौडासम्बन्धी कसुर गरेको’ अभियोगमा सजाय गरिएको हो । २०५१ जेठ ४ गते हाजिर हुने गरी घरबिदामा छोडिएका उनी एक पटक २९ वर्षपछि कार्यालयमा देखा परेका थिए । भदौ २४ गते हाजिर हुन आएका उनलाई गत असोज १८ गतेबाट गणना हुने गरी ३० दिनको कैद सुनाइएको र २०५९ जेठ ४ गतेबाट लागू हुने गरी सेवाबाट हटाइएको सेनाले जनाएको छ ।

इन्द्रध्वज गणका सिपाही धनबहादुर राई पनि सोही कसुरअन्तर्गत कारबाहीमा परेका छन् । उता बिनाजानकारी बेपत्ता भएका सिपाही अशोक रोकाको पाँच वर्ष बढुवा रोक्का भएको छ । नम्बर २३ बाहिनी अड्डामा कार्यरत उनको अनुपस्थित भएको आठ दिनको तलबसमेत काटेर राजस्व दाखिला गरिएको छ ।

त्यसैगरी अर्काको एटीएम चोरेर पैसा निकालेको अभियोग लागेका सिपाही नरबहादुर कटुवाललाई सम्पत्तिसम्बन्धी कसुरमा कारबाही गरिएको छ । महावीर सौर्य गण ९रेञ्जर० मा रहेका उनले सैन्य सञ्जनकुमार यादवको झोलाबाट एटीएम निकालेर पटक(पटक गरी ७० हजार रूपैयाँ झिकेको आरोप छ ।

परीक्षा सञ्चालन नहुँदै आफ्नालाई प्रश्नपत्र बाँड्ने सिपाही नम्बर ३ बाहिनी अड्डा पोखरामा कार्यरत राज कोइरालाको तीन वर्ष बढुवा रोक्का गरिएको छ ।

विनायक दल गणमा कार्यरत कृष्ण पाण्डे २०६१ साउन २ गते हाजिर हुने गरी निस्किएर एकैचोटि गत भदौ २१ गते कार्यालयमा उपस्थित भएका थिए । उनलाई असोज २१ गतेबाट गणना हुने गरी ३० दिनको कैद सुनाइएको र सेवाबाट हटाइएको छ ।

१८ दिन बेपत्ता भएका अमल्दार दलबहादुर रानाको पद घटुवा गर्नुका साथै तलब पनि काटिएको छ । शिवदल गणमा कार्यरत उनी गत साउन १४ गतेबाट २२ दिन घरबिदामा थिए । तोकिएको समयमा नआएपछि श्रीमती लक्ष्मी रानाले बुझाउन ल्याएकी हुन् ।

जगदल गणमा कार्यरत गनर छविलाल भट्टराई र सन्तोष राउतलाई २०७१ असार ३२ र २०७२ पुस ८ गतेबाट लागू हुने गरी सेवाबाट निष्कासन गरिएको छ । तारबार नाघेर भागेका अमल्दार भीमकुमार राई पनि सेवाबाट हटाइएका छन् । रिपुमर्दन गणमा रहेका उनलाई कल्याणकारी योजना निर्देशनालय, ऋण शाखाबाट लिएको सहुलियतपूर्ण ऋण पनि चुक्ता गर्न लगाइएको थियो ।

चिट सारिरहेको अवस्थामा फेला परेकी प्युठ मीना न्यौपाने ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको’ अभियोगमा कारबाहीमा परेकी छन् । रूरू भैरवदल गणमा कार्यरत उनले तालिमको मध्यावधि लिखित परीक्षामा चिट लगेको आरोप छ ।

यसैबीच घरायसी तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका तीन सेनानी र एक सहसेनानीको राजीनामा स्वीकृत गरिएको छ । नम्बर १४ बाहिनी अड्डाका आशिष बस्नेत र श्रीनाथ गणका शिवशरण गुरूङको निवृत्तिभरणमा राजीनामा स्वीकृत भएको हो । त्यस्तै नयाँ गोरखगणका सेनानी दुर्गा सिजापती र नम्बर १६ बाहिनी अड्डाकी सहसेनानी रोश्री श्रेष्ठले उपदानमा दिएको राजीनामा पनि स्वीकृत भएको बताइएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In