प्रतीक्षा नगरी जीवन बिताऊँ । प्रतीक्षाले मनलाई खटपट नगराऊँ । प्रतीक्षाले पलपल जिजीविषा ल्याउँछ । बिहान र साँझ खुबै शून्यमा राखौँ । बीउ हो बिहान फल साँझ चाखौँ रुचिभेद शब्दमा बाँध्न नसकिने अनन्त रहस्य हो– यही रुचि भेदका कारणले धेरै मनुष्य साथमा हुँदा अनेक प्रवृत्ति कीर्तन, भजन, योग, अभ्यास, कथा, प्रवचन, स्वाध्याय, ग्रन्थपाठ राख्नुपर्दो रहेछ किनभने हरएकका निकट धेरै समय बिताउन सकिन्न । सबैको दैहिक आवश्यकता र मानसिक आवश्यकतामा अल्झिन कठिन हुन्छ । त्यसैकारणले पूर्वाचार्यहरूले समयलाई स्वानुकूल साम्यताले बिताउनका लागि अनेक प्रतीकको रूपमा उभ्याएर पूजा गर, जप गर, स्वाध्याय गर, एकान्तमा बस, तीर्थयात्रा गर, सेवा गर आदि आफ्नो आफ्नो रुचि अनुसार हामीलाई खेलौना दिने व्यवस्था गरेका रहेछन् ।
मन–लोभ, मोह र स्वार्थमा अवलम्बित छ तथा यी मनका अधीन काम गर्छन् । मनले यिनीहरूको नामरूप बदलेर प्रवृत्तितर्फ उन्मुख गराउँछ— केही पनि नचाहनु, केही पनि नचिताउनु, केही पनि आशा नगर्नु, एकान्तमा मौन रहने स्वभाव बनाउने प्रारम्भमा खाली मौन बस्न नसके एकत्वाभ्यास (श्वास,
वाणी, नाद, दृष्टिहरूमध्ये एकको माध्यम)बाट आपूmलाई चिन्नु, जान्नु तृप्त रहनु ।
तिमी यदि यथार्थमा जीवन्मुक्ति चाहन्छौ भने गुरुमा प्रिय आत्मा, पुत्र, सखा गुरु, सुहृद, देव, इष्ट, सबै सम्बन्ध राख, अन्यत्र चित्त नदेऊ । वृत्ति सबैतिरबाट मोडेर आपूmभित्र गर । तिमीले गर्ने के ? संसारी कर्मबाट मुक्त रहनु, स्वतन्त्रतामा तीव्र प्रेम राख्नु, स्वास्थ्यवद्र्धक थोरै खानु, सर्वदा शुभ विचारको भाव र एकान्तमा रहने अभ्यास बनाउनु परम श्रेयको यो सर्वोत्तम साधन हो ।
सीमित छ तसर्थ शरीर दण्ड हो । अनन्त जीवन छ यो पुरस्कार हो । शरीर रहेसम्म वास, गास र वस्त्र चाहियो, यिनीहरू अत्यन्त सादा बनाउनुप¥यो ।
ध्यानका प्रश्न अहिले यहाँ यसै क्षणमा मन किन लाग्दैन ? मृत्युले, समयले विस्मृत गराइदिने, समाप्त गरिदिने सङ्ग्रह अरू सम्बन्धको स्मृति किन आउँछ ?
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













