• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चलचित्रको पर्दामा नयाँ अनुहार

by
२ पुस २०८०,
0
चलचित्रको पर्दामा नयाँ अनुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ।नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको संख्या पनि बढ्दो पाइएको छ । यसवर्ष मात्र नयाँ केही अनुहारहरू पहिलोपटक पर्दामा देखिदैछन् । अर्थात् चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् ।

डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो । उनीहरूको पोस्टर देख्दा मात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ ।

पछिल्लो समय नयाँ पुस्ताको रुपमा प्रदीप खड्का, अनमोल केसी, सलिनमान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भनिन्छ । उल्लेखित नामहरू निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरूको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ । सोही कारण वितरक र प्रदर्शक पनि उल्लेखित नाममा विश्वस्त छन् । यद्यपि त्यो ठाउँसम्म पुग्ने उद्देश्य बोकेर सङ्घर्ष गरिरहेका कारण पनि नयाँ अनुहार पर्दामा देखिने क्रम रोकिएको छैन ।

व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् ।

यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे । व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलोपटक सफलताको स्वाद चखाएका निर्देशक विकासराज आचार्य यसपटक भने असफल हुन पुगे । तथापि नयाँ कलाकारको प्रवेशमा कमि आएको छैन ।

गत असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा प्रमिला कार्की उदाइन् । टेलिभिजनकर्मीको रुपमा परिचित अभिनेत्री कार्कीले उक्त चलचित्रमार्फत प्रायको मन जितिन् । व्यावसायिक रुपमा सफल मानिएको चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।

अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताइन् । ‘टेलिभिजनमा काम गरेका कारण पनि क्यामेरासँग सहज थिएँ । अभिनय गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाए । त्यसपछि मलाई निकै सहज भयो’, अभिनेत्री कार्कीले भनिन् । उनका अनुसार पहिलो चलचित्रले चलचित्रकर्मी र दर्शकमाझ परिचित गराए पनि हाल विदेशमा रहेकाले अन्य काम गर्न सकेकी छैनन् । यद्यपि छिट्टै अन्य चलचित्रमा देखिने तयारी उनको छ ।

मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गरे । अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् । उनले आफ्नो सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए । ‘डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु’, अभिनेता लिम्बूले भने, ‘पहिलो दिन नै गीतको छायाङ्कन भएकाले बेहोस थिएँ । सम्पूर्ण टोलीले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोशिस गरेको छु ।’ उनी झैँ अभिनेत्री गिरी पनि आफूलाई ठुलोपर्दामा देख्दा उत्साहित छिन् । ‘अभिनयलाई सरल रुपमा लिनु हुन्न भन्ने मैले महसुस गरे । यहाँ मेहनत निकै आवश्यक छ’, अभिनेत्री गिरीले भनिन्, ‘आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोसिस गरेकी छु । मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ ।’

उनले केही साङ्गीतिक श्रव्यदृश्य ९म्युजिक भिडियो० मा समेत काम गरिसकेकी छिन् । आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन् । दीपक श्रेष्ठको निर्देशन रहेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताइन् । ‘मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ’, अभिनेत्री बुढाथोकीले भनिन्, ‘अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।’ उनले पहिलोपटक राम्रो टिम पाएकाले पात्रलाई न्याय गर्न सकेको बताइन् ।

अभिनेता श्रेष्ठले पनि प्रेम कथानक चलचित्रमार्फत पहिलोपटक पर्दामा देखिन पाउँदा उत्साहित रहेको बताए । ‘पहिलोपटक पर्दामा आफूलाई हेर्न उत्साहित छु । यो समयका लागि मैले सङ्घर्ष गरेको छु । यो अवसरमार्फत मैले अन्य मौका सिर्जना गर्नुछ’, अभिनेता श्रेष्ठले भने, ‘आफू भन्दा अग्रज कलाकारहरूसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो । उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे ।’ उनले केही दृश्य अभिनेता शिव श्रेष्ठसँग दिएका छन् । त्यसक्रममा उनलाई असभ्य रुपमा प्रस्तुत हुनु असहज भएको रहेछ ।

पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय यात्रा सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए । ‘मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे’, अभिनेता अधिकारीले भने ।

काठमाडौँमै छायाङ्कन भइरहेको चलचित्र ‘११ः५५’ मार्फत सागर खनालले अभिनयको सुरुआत गरेका छन् । पहिलोपटक निर्देशन गरिरहेका केशव पाण्डेसँग राम्रो काम भइरहेको उनले जानकारी दिए । ‘अभिनय कक्षा र नाटक हुँदै चलचित्रसम्मको यात्रा सहज थिएँन । तर, परिश्रमले फल दिन्छ भन्ने विश्वासले आज मलाई ठुलोपर्दासम्म ल्याएको छ । मैले आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको छु । सम्पूर्ण वर्गका दर्शकलाई मन पर्ने छ भन्ने लागेको छ’, अभिनेता खनालले भने ।

चलचित्र ‘फर्की फर्की’ मार्फत रवि काफ्ले, सम्बृद्धि अर्याल पनि पहिलोपटक पर्दामा देखिदै छन् । आगामी जेठ ११ गते प्रदर्शन गर्ने तय गरिएको चलचित्र छायाङ्कन पोखरामा भइरहेको छ । निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँ पुस्ता दर्शक बनेर छिरे झैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए । ‘नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्जवल रहेको सङ्केत गर्छ । उनीहरूको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ’, निर्देशक झाले भने । पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए ।

निर्देशक नवल नेपालले नयाँ पुस्ता अनुहारको कमी अहिले महसुस गरिरहेका छन् । स्थापित अनुहारलाई पारिश्रमिक दिन नसक्ने निर्माता तथा निर्देशकका लागि नयाँ अनुहार सहयोगी हुने उनले बताए । ‘हिजो पनि विकल्पकै रुपमा आउनु भएका कलाकारहरू अहिले स्टार हुनुहुन्छ । हामीले नयाँ अनुहार नल्याए परिवर्तन देखिँदैन । तर, यसमा वितरक र प्रदर्शकको पनि उत्तिकै सहकार्य हुनुपर्छ । नयाँ अनुहार हुँदा उचित बजार नपाइने डर हुनु हुँदैन’, निर्देशक नेपालले भने ।

चलचित्र वितरक करण श्रेष्ठले वितरण गरेका अधिकांश चलचित्रमा नयाँ अनुहार छन् । नयाँ चलचित्रको बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाह्रो नहुने होइन । यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताए । ‘नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ । म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु । यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ’, वितरक श्रेष्ठले भन्नुभयो, ‘चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ ।’

यसवर्ष उनले ‘बगान’ र ‘दुई कदम’ वितरण गरिसक्नु भएको छ भने ‘पर्खी बसें तिमीलाई’ वितरण गर्दै छन् । उल्लेखित चलचित्रमार्फत पाँच नयाँ अनुहारले चलचित्रनगरीमा प्रवेश पाएका छन् ।

Previous Post

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको आशंका

Next Post

मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै

मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In