• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

by
१ पुस २०८०,
0
बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् ।

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् ।

गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताए । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ । हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उनको गुनासो छ । विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उनले बताए। रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ । बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उनले बताए।

“पहिले–पहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए”, उनले भने, “अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्ने छ ।”

जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नुपरेको बताए । धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे। बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उनले बताए । आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउछन्।

उनले भने, “हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपार्न, चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउदा केही बाँकी राख्दैन ।”

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ९तिलक०ले जानकारी दिए । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए ।

“बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ”, उनले भने, “विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ ।”

Previous Post

ऐश्वर्या – अमिताभ बच्चन एकसाथ देखिए

Next Post

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

सम्बन्धित खबर

चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
Load More
Next Post
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In