• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यानमार अफिम खेतीमा विश्वको नम्बर एक देश कसरी बन्यो ?

by
१ पुस २०८०,
0
म्यानमार अफिम खेतीमा विश्वको नम्बर एक देश कसरी बन्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । संयुक्त राष्ट्रसंघको पछिल्लो सर्वेक्षण अनुसार अफगानिस्तानलाई पछि पार्दै म्यानमार पहिलो पटक सबैभन्दा बढी अफिम उत्पादन गर्ने देश बनेको छ ।

म्यानमार लाओस र थाइल्याण्डको बीचमा रहेको ‘गोल्डेन ट्राइङ्गल’मा रहेको छ, जुन अवैध लागूऔषधको व्यापारका लागि कुख्यात छ।

यस क्षेत्रमा दशकौंदेखि अफिम खेती हुँदै आएको छ, जुन हेरोइन तयार गर्नको लागि महत्त्वपूर्ण सामग्री हो। यो युद्धग्रस्त देश अफिम उत्पादनमा अग्रस्थानमा रहनुका कारण तल उल्लेख गरिएको छ ।

बिग्रँदै गएको गृहयुद्ध
सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि म्यानमारको केन्द्रीय सरकारले जातीय अल्पसंख्यक समूहहरूसँग द्वन्द्वमा संघर्ष गरिरहेको छ। यी जातीय समूहहरू सिमाना छेउका पहाडी क्षेत्रमा बस्छन्।

सन् २०२१ मा भएको पछिल्लो सैन्य विद्रोहले देशलाई धेरै भागमा विभाजन गर्यो।

लोकतन्त्रको पुनस्र्थापनाको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि सेनाले हिंसात्मक कारबाही गरेको थियो ।

थाइल्यान्ड, चीन र भारतको सिमानामा विपक्षी आन्दोलनकारीहरूले लडाकूहरूसँग हात मिलाएर देशको सेनासँग लड्न केही तालिम लिएर फर्केका थिए।

यी आन्दोलनकारीहरूले मिलेर पिपुल्स डिफेन्स फोर्स ९पीडीएफ० भनेर चिनिने सशस्त्र समूह बनाए।

सत्ताबाट अपदस्थ भएपछि निर्वाचित प्रशासनले राष्ट्रिय एकता सरकार ९एनयूजी० गठन गर्‍यो। यसैबीच करेन, काचिन, करेन्नी र चिन जस्ता केही स्थापित जातीय समूहहरूले आफूलाई एनयूजीसँग पङ्क्तिबद्ध गरे।

एनयूजीको लडाई एकाईलाई पीडीएफ पनि भनिन्छ।

तर, थाइल्याण्ड र चीनसँग जोडिएका शान राज्यका धेरै समूह यस अभियानको हिस्सा बनेनन्। अवैध लागुऔषध उत्पादन गर्ने क्षेत्रका रूपमा विश्वमा चिनिने यो क्षेत्र यहाँको शान्तिसुरक्षाको अवस्था पनि बिग्रिएको छ ।

विद्रोहको करिब तीन वर्षपछि पीडीएफ जातीय सशस्त्र समूहहरूको समर्थनमा एक महत्त्वपूर्ण लडाई शक्ति भएको छ।

जताततै ठूला(ठूला द्वन्द्वहरू फैलिरहेका छन् र सेनाको पहुँच देशका केही भागमा मात्रै सीमित छ। यस्तो अवस्थामा ‘गोल्डेन ट्राइङ्गल’सहित धेरै क्षेत्रको प्रणालीमा त्रुटिहरू छन् ।

अफगानिस्तानमा अफिम प्रतिबन्ध
अप्रिल २०२२ मा तालिबानले अफिम खेतीमा प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको उत्पादन तीव्र गतिमा घटेको छ।

अफगानिस्तानमा अफिमको बारेमा संयुक्त राष्ट्रको सर्वेक्षणले देखाउँछ कि सन् २०२२ मा देशमा ६२०० टन अफिम खेती गरिएको थियो। यो सन् २०२३ मा ९५ प्रतिशतले घटेर ३३३ टन पुगेको छ ।

सोही अवधिमा म्यानमारमा अफिम उत्पादन ३६ प्रतिशतले बढेर १०८० टन पुगेको छ । यद्यपि, यो अफगानिस्तानको ६२०० टनभन्दा धेरै कम हो।

तर, म्यानमारको अहिलेको अस्थिरताका कारण यहाँ अफिम उत्पादन बढ्दै जाने अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ ।

अफिमको उच्च मूल्य
अफगानिस्तानमा खेतीमा प्रतिबन्धका कारण अफिमको मूल्य बढेको छ।

औसतमा अफिम खेती गर्ने किसानलाई एक किलोको लागि ३५५ डलर भुक्तानी गरिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार यो मूल्य सन् २०२२ को तुलनामा ७५ प्रतिशत बढी हो ।

जसका कारण धेरै किसान अफिम खेतीतर्फ आकर्षित भइरहेका छन् । त्यो पनि कोरोना महामारीको दोहोरो प्रहार र सैन्य शासकको कुप्रबन्धका कारण म्यानमारको अर्थतन्त्र ओरालो लागेको बेला ।

विश्वभर आपूर्तिमा आएको कमीका कारण ‘गोल्डेन ट्राइङ्गल’ले पनि अफिमको माग बढाउन मद्दत गरेको छ ।

किसानहरूसँग सीमित विकल्प
म्यानमारमा अफिमको खेती घटाउने प्रयास भएन भन्ने होइन । किसानलाई नाफा कमाउने उद्देश्यले चिनी, रबर र फलफूलको खेतीलाई प्रवद्र्धन गरिएको भए पनि अफिमभन्दा ती खेती गर्न गाह्रो छ ।

यी वैकल्पिक बिरुवाहरू दुर्गम क्षेत्रबाट मुख्य बजारमा ल्याउन जटिल थियो। तर, अफिम किन्न क्रेताहरु उनको फार्ममा पुग्छन् । यसबाट किसानको ढुवानी खर्च पनि बचेको छ ।

म्यानमारले भर्खरैको विद्रोहपछि कम विदेशी लगानी वा अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ। जसका कारण कृषकलाई आम्दानीका अन्य स्रोत पाउन मुस्किल भएको छ ।

कमजोर मानवअधिकार रेकर्ड र सैन्य जन्टाको जवाफदेहीताको कमीका कारण अफिम र अन्य लागूऔषधको उत्पादन अन्त्य गर्न अन्तर्राष्ट्रिय सहायता म्यानमारमा विरलै पुग्छ।

अराजकता
‘गोल्डेन ट्राइङ्गल’ क्षेत्र दशकौंदेखि विश्वव्यापी अन्तर्राष्ट्रिय अपराधको केन्द्रबिन्दु बनेको छ। सिन्थेटिक लागूऔषध उत्पादन, अवैध हातहतियारको व्यापार, जुवा, मानव बेचबिखन, अनलाइन ठगीजस्ता सबै गतिविधि यहाँ भइरहेका छन् ।

यस दुर्गम पहाडी क्षेत्रको सिमाना असुरक्षित छ । यहाँ गस्ती नहुँदा अपराधीलाई कानुनको घेराबाट बच्न सहज हुन्छ ।

उत्तरी शान राज्यमा हालैका झडपहरू चीनमा अनलाइन ठगीसँग सम्बन्धित लक्ष्यहरूमाथिको क्र्याकडाउनसँग जोडिएको छ। यी सबै अड्डाहरू म्यानमार भित्रबाट सञ्चालित थिए।

अफिम उत्पादन बन्द गर्नु म्यानमारले सामना गरिरहेका धेरै चुनौतीहरूको एउटा भाग मात्र हो। विद्रोहपछि मुलुक राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा पतन हुँदै गएको देखिन्छ ।

वर्तमान सैन्य शासन देशलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यस्तो अवस्थामा लागुऔषध समस्यालाई सम्बोधन गर्नु उनीहरुको प्राथमिकतामा पर्ने सम्भावना कम छ ।

सिपाहीहरू र जातीय सशस्त्र समूहहरू सहित धेरै मानिसहरूले अवैध लागूऔषध उत्पादनबाट लाभ उठाइरहेका छन्। यी मानिसहरूले आफ्नो क्षेत्रमा जाने अफिम व्यापारीहरूबाट कर उठाउँछन्। अस्थिर वातावरणमा अफिम आम्दानीको महत्वपूर्ण स्रोत बनिसकेको अवस्थामा यसको खेती र बिक्रीमा प्रतिबन्ध लगाउने साहस सायदै कसैको होला ।

Previous Post

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

Next Post

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In