• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

by
१ पुस २०८०,
0
नारायणगढ–मुग्लिन सडकखण्डः भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ३ हप्ताका लागि सडक रोकेर भित्ता काटिने छ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्ता काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो। शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो।

सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ। बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ। उनले भने, ‘टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ।’ यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उनले जानकारी दिए।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन्। यो पुल भिता भत्काउन नसक्दा काम थाल्न सकिएको छैन।

उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन्। चारवटा एक महिनामै सञ्चालनमा आउने उनले बताए। ८ वटै पुल सञ्चालनमा ल्याउन २ महिना लाग्छ। ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ।

गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए। थप ८ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन्। आचार्यका अनुसार खहरेको पुल ६ महिनाभित्रमा सञ्चालनमा आउने छ। यसपछि एउटा पुलमात्रै बाँकी रहने छ।

गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो। सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ। यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो।

तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो। उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ।

आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ। विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ। अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।

Previous Post

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया

Next Post

काठमाडौं उपत्यकामा कुकुर आतंकः एकवर्ष नपुग्दै ५० हजारभन्दा धेरै पुगे अस्पताल

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
काठमाडौं उपत्यकामा कुकुर आतंकः एकवर्ष नपुग्दै ५० हजारभन्दा धेरै पुगे अस्पताल

काठमाडौं उपत्यकामा कुकुर आतंकः एकवर्ष नपुग्दै ५० हजारभन्दा धेरै पुगे अस्पताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In