काठमाडौं । सरकारले सात जना सचिव सरुवा गरेको भोलिपल्ट आज १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सात जना सचिव सरुवा गर्ने निर्णय गरेको थियो ।
यस्तै, शुक्रबार गृह मन्त्रालयले सिडिओ । सहसचिवहरुलाई सरुवा तथा पुर्नस्थापना गरेको हो । जसअनुसार बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरेको छ ।
त्यस्तै, जनार्दन गौतमलाई तनहुँ, बीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा र शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
यसैगरी, सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेमप्रसाद भट्टराईलाई मोरङको सिडिओ, भोला दाहाललाई गोरखाको सिडिओ, नारायणप्रसाद अर्याललाई प्युठानको सिडिओ, भरत खनाललाई सिन्धुलीको सिडिओ, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सिडिओमा नियुक्त गरिएको छ ।












