पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रूपैयाँ घटाइएको जनाएको हो।
घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँ पर्नेछ।














