• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार यकिन, विवरण सङ्कलन अझै जारी

by
२६ मंसिर २०८०,
0
जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार यकिन, विवरण सङ्कलन अझै जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उनका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्न सक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसिकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

“पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ”, उनले भनेर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्‍याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये साढे चार हजार लाग ग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।

केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्ताबापतको रकम आउन बाँकी रहेको शाहले जानकारी दिए ।

कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठ वटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।

नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । लाभग्राहीको विवरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
सेताम्मे हिमाल किन कालो हुँदैछ ?

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In