• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस

by
२५ मंसिर २०८०,
0
टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेदकोट । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

“नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न समस्या हुन्छ,” बेदकोट नगरपालिका–४ का हरिश पन्त भन्छन्, “गतिलोरुपले इन्टरनेट पनि चल्दैन ।” कृष्णपुर नगरपालिका– १ बण्डमा नेपाल टेलिकमको नेटवर्कका लागि स्थापना गरिएको टावर सञ्चालनमा नआउँदा यहाँका बासिन्दा टेलिफोन सम्पर्कका लागि समस्या झेल्न बाध्य छन् ।

लामो समयपछि टेलिकमको टावर स्थापना भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको कृष्णपुर नगरपालिका–१ का विनोदसिंह धामी बताउँछन् । “टेलिफोनको सुविधा थिएन । लामो रस्साकस्सीपछि टावर स्थापना भएको छ”, उनी भन्छन्, “वर्षौपछि सहजै सञ्चारमा पहुँच पुग्न भनेर सुखी थियौँ तर अहिलेसम्म सञ्चालनमा आएको छैन ।” उनका अनुसार नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहक नेटवर्क नआउँदा फोन सम्पर्क गर्न राजमार्गतर्फ झर्नुपर्ने बाध्यता छ ।

स्थानीय कालिका माध्यमिक विद्यालयको भवनमाथि टेलिकमको मोबाइल नेटवर्क टावर ठडाइएको छ । टावर सञ्चालनमा नआउँदा बण्ड, दोमिल्ला, पहरिया, सुन्दरीफाँटालगायत क्षेत्र गतिलो सञ्चार सुविधाबाट बञ्चित छन् । “टावर राख्न विद्यालयको ठाउँ उपलब्ध गराएको थियो । नेटवर्क सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्न निकै समस्या हुन्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहरा भन्छन्, “यो टावर सञ्चालनमा आए यहाँको नेटवर्कको समस्या समाधान हुने विश्वास छ ।”

नेटवर्क नहुँदा नेपाल टेलिकमको सीम प्रयोग गर्ने सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय चन्द्रादेवी रावतको भनाइ छ ।

“फोन राम्रोसँग सुनिँदैन । इन्टरनेट पनि चल्दैन । चाहिएको बेला फोन सम्पर्क गर्न सकिदैन”, उनी भन्छन्, “नेटवर्क नहुँदा बोल्दाबोल्दै फोन काटिन्छ । चाहिएको बेला नियमित सम्पर्क गर्न सकिदैन ।” कृष्णपुर नगरपालिका– १ बण्डमा निर्माण भएको टेलिकमको टावर सञ्चालनको अन्तिम चरणमा रहेको महेन्द्रनगरस्थित दूरसञ्चार कार्यालयका प्रमुख प्रितम भट्ट बताउँछन् ।

विद्युत् उपलब्ध नहुँदा टावर सञ्चालनमा केही ढिलाइ भएको उनको भनाइ छ । “आवश्यक उपकरण आइसकेका छन् । एक महिनाभित्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ,” उनी भन्छन्, “विद्युत् उपलब्ध नहुँदा केही ढिलाइ भयो । अब केही समस्या छैन ।”

Previous Post

मौलिक भाका संरक्षणमा आमा समूहको चासो

Next Post

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

सम्बन्धित खबर

बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
Load More
Next Post
हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In