काठमाडौँ । एसीसी यू–१९ एशिया कप अन्तर्गत आज दुई खेल हुदैछन् ।
शुक्रबारदेखि युएईको दुबईमा शुरु भएको यू–१९ एशिया कपमा आज समुह बी अन्तर्गत आयोजक युएई र बंगलादेश तथा जापान र श्रीलंकाबीच खेल हुदैछ । दुवै खेल नेपाली समय अनुसार विहान ११ः १५ बजेदेखि शुरु हुने छन् ।
समुह ए अन्तर्गत शुक्रबार भएका खेलमा पाकिस्तान र भारत विजयी भएका छन् । पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको थियो भने भारतले अफगानिस्तानलाई ७ विकेटले नै पराजित गरेको थियो । पहिलो खेलपछि समुह ए मा पाकिस्तान र भारतले २–२ अंक हासिल गरेका छन् । त्यस्तै नेपाल र अफगानिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेका छन् ।
नेपालले भने अब आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्ने तालिका रहेको छ ।












