काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् ।
मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले निर्वाचन सफल गर्न सबैजना लाग्न आग्रह गरेका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ उनले भनेका छन् ।
अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् । ‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उनले भनेका छन्, ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।’













