• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

by
२३ मंसिर २०८०,
0
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो। प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ।

चालु आर्थिक वर्ष २०८०/१ को साउनदेखि २० मङ्सिरसम्ममा रु १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ।

सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ। तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए।

‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने।

‘पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ’, उनले भने।

उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए।

‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ। यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष करिब रु २५ अर्बको विद्युत् निर्यात हुनेछ’, घिसिङले थपे, ‘दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरुको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब रु एक खर्ब बराबरको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ।’

प्राधिकरणले जेठमा रु २१ करोड ६० लाख, असारमा रु एक अर्ब ७८ करोड ५३ लाख, साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख र भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख बराबरको विद्युत् निर्यात गरेको छ। यसैगरी, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा रु ७३ करोड ५९ लाख विद्युत् निर्यात गरी आर्जन भएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको थियो। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय ४७ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।

Previous Post

परम्परागत घारमै मौरी पालेर मनग्य आम्दानी गर्दै दिनेश

Next Post

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
मादी नदीमा तटबन्धन निर्माण गरिँदै

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In