• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकले भरिँदै घलेगाउँ

by
२१ मंसिर २०८०,
0
पर्यटकले भरिँदै घलेगाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका(३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ।

तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए। उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरुको सेवामा व्यस्त भइरहेका छन्।’

पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ। यहाँ पर्यटकीय याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन्। घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुई चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ।’ पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन्।

विसं २०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास ९होमस्टे० सञ्चालनमा रहेका छन्। तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन्, साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनममा रहेका छन्।

घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ।

विसं २०६२र०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।

नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो। यस गाउँमा करिब एक सय ३५ घरधुरी रहेको छ।

यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली ९डा हर्क हिमाल०, सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल ९चौथो०, छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ। यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन्।

घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ।

गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ। पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायतका परिकार खुवाइन्छ। पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ।

पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो।

घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ। साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्।

यस गाउँमा पैदलयात्रा गरेमा करिब छ घण्टा समय लाग्दछ भने, काठमाडौँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ।

त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ। घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ।

Previous Post

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

Next Post

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In