• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रेष्टुराँले बढायो गिद्धको सङ्ख्या

by
१८ मंसिर २०८०,
0
रेष्टुराँले बढायो गिद्धको सङ्ख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा स्थापनामा गरिएको जटायु ९गिद्ध० रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ।

गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ।

जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिए।

‘रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो’, उनले भने, ‘हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ।’ समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ।

नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पुर्याएका बताए।

समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ।

‘नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो,’ उनले भने, ‘त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो।’

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए। त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उनले बताए।

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताए। प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उनले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए। गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ।

‘छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ,’ उनले भने, ‘यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ।’

संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उनले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताए।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति ९हाडफोर बाहेक०का गिद्ध पाइन्छ। यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन्।

समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा ९मासु० खुवाउने गरिएको छ। गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट विसं २०६३ भदौ ९सन् २००६०मा जटायु रेष्टुराँको स्थापना गरिएको जटायु रेष्टुराँ व्यवस्थापन चौधरीले बताए। चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुराँको सञ्चालन र व्यवस्थापन गरिएको हो।

Previous Post

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

Next Post

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु, सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु, सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु, सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In