• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीका सुन्तला विराटनगरमा

by
१७ मंसिर २०८०,
0
पाँच करोडको सुन्तला उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की – पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् ।

‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखराबजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।

केही वर्षदेखि कास्कीलगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले बताए ।

यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिदै आएको छ । तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीले बताए । रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल पनि लैजाने गरिएको छ ।

सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्य प्रायः छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।

पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी रु ४० देखि एक सय २० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् । म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा त्याए । तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन् ।

गाउँमै पुगेर किसानसँग आफूले रु ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको उनले दुखेसो व्यक्त गरे । ‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पु¥याउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी रु १५ बुुझाउनुपर्ने हुन्छ, क्षेत्रीले भने, “म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महङ्गो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।”

स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत रु सात पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए । सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी रु ३० मा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।

पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडाल, काठमाडौँलगायत बजारमा थोक रुपमा बिक्री गर्न छानेर लाने गर्छन् ।

तराईका जिल्लामा सुन्तला नपाइने भएकाले पनि व्यापारीले पोखराको भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने गरेको व्यापारी बताउँछन् । सुन्तलाको सानो दानाको कारण कहिलेकाही घाटा पनि हुने गरेको व्यापारी रमेश रायमाझीले बताए । राम्रो सुन्तला प्रतिकिलो रु ७० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य ठूला व्यापारीले प्रतिकिलो रु २५ निर्धारण गर्दा नोक्सान व्यहोर्नुपरेको बताए। सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहन्छ, रायमाझीले भने, “किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर बढी हुँदा पनि नोक्सान हुने गर्छ ।”

सुन्तला बोटमै पाक्न पाउँदैनन् । फलमा बाँदर लाग्ने भएकाले किसानले हरिया हुँदै टिप्ने भएकाले स्वादिला सुन्तला बजारमा आउएका छैनन्, केही समय सुन्तला बोटमै राख्न सकिएको खण्डमा स्वादिला सुन्तला बजारमा आउने व्यापारी रायमाझीको भनाइ छ ।

घमाइलो ठाउँमा फल्ने सुन्तलामा पातलो बोक्रो हुने र रसिलोसँगै गुलियो हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको तरकारी तथा फलफूल बजारस्थल सञ्चालक समितिका रुपा जिसीले बताए । सुन्तलाका लागि धेरै समय खर्च गर्न नपर्ने र बजारको पनि समस्या नहुँदा अधिकांश किसानले धान, कोदो, मकै लगाउने खेतबारीमा सुन्तला नै लगाउन थालेको जानकारी जिसीले दिए । नगदे बाली सुुन्तला खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सकेमा गण्डकी प्रदेशका किसानको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

नेपालमा उत्पादित सुन्तलालाई प्राविधिक रूपमा परीक्षण गरी शीत भण्डारमा राख्न सकिएमा अर्बौँ मूल्यको सुन्तला आयातलाई प्रतिस्थापन गर्न सकिने जिसीले बताए ।

Previous Post

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

Next Post

भरुवा बन्दूकको छर्रा लागेर एक युवकको मृत्यु

सम्बन्धित खबर

‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ
आवाज

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

२९ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२९ असार २०८३,
विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
Load More
Next Post
भरुवा बन्दूकको छर्रा लागेर एक युवकको मृत्यु

भरुवा बन्दूकको छर्रा लागेर एक युवकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In