आजकल बाक्लो र घना आँखीभौं फेशनमा छ तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन । आँखी भौँ पातलो हुँदैमा दुखी भइरहनु पर्दैन । आँखीभौं मोटो बनाउन सकिने भएको छ । तल बताइएका केही घरेलु उपाय अपनाउनुभयो भने आँखीभौं मोटाउँछन् ।
शुद्ध अरण्डीको तेल सीधै आँखीभौंमा दल्नाले यसले रौँलाई पोषण दिएर बढाउँछ । अरण्डीको तेलमा प्रोटिन, भिटामिन, फ्याट्टी एसिड र एन्टीअक्सिडेन्ट हुन्छ । अरण्डीको तेलले कसैकसैलाई एलर्जी हुने हुँदा यसको प्रयोग गर्दा चिलायो भने तुरुन्त बन्द गर्नुपर्छ ।
नरिवलको तेलमा पनि प्रोटिनका साथसाथै भिटामिन ई र फलाम हुन्छ । यसको प्रयोगले आँखीभौंलाई बाक्लो बनाएर कालो पनि बनाउँछ । कागतीको टुक्रा बनाई त्यसलाई आँखीभौंमा कैयौं मिनेटसम्म दल्ने र त्यसको १५–२० मिनेटपछि मनतातो पानीले धुने । कागतीमा फोलिक एसिडका साथसाथै भिटामिन सी र बी हुन्छन् अनि अनेकौं उपयोगी पोषक तत्व पनि हुन्छन् । जसले आँखीभौँलाई बाक्लो र कालो बनाउँछ ।











