धुलिखेल, काभ्रे – काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ । “‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण” विषयक सम्मेलनले उच्चशिक्षाको अवस्था सुधार गर्न नेपालका विश्व विद्यालयहरूका लागि साझामार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ।
सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे ।
सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामाआगामी फेरुअरी १५–१६, २०२४ माहुने उत्तर भारतका२ सय ५० भन्दा बढी विश्वविद्यालयकाउपकुलपतिको बैठकघि नेपालकाविश्वविद्यालयहरूको साझाआवाजनिर्माण गर्ने प्रतिबद्धता जनाए ।
धुलिखेलस्थितकाठमाडौंविश्वविद्यालयको मूलक्याम्पसमाभएको सम्मेलनमाप्रधानमन्त्रीपुष्पकमलदाहाल, शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्रीप्रमिलाकुमारीलगायतविश्वविद्यालयकाउपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममाबोल्दै प्रधानमन्त्रीदाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमानचुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्वऔंल्याए। उच्चशिक्षा संस्थारुको स्वायत्तताको आवश्यकताबारे प्रकाशपार्दै दाहालले विश्वविद्यालयकालागि स्वशासनको खाकानिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“विश्वविद्यालयअनुदानआयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधानतथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउनविश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,” दाहालले भने । राज्यमन्त्रीप्रमिलाकुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपायखोज्नुपर्नेमा जोड दिइन् ।
“सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयकाप्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्यप्राप्त गर्न सम्भव छ ।” कुमारीले राष्ट्रिय र वैश्विकशैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्चशिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् ।
काठमाडौं विश्व विद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तह माशिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । थापाले उच्चशिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकताऔंल्याए ।
थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयकाअधिकारी र विद्वानहरुको भेलाहुनु नेपालको उच्चशिक्षालाई सुदृढ बनाउने ऐतिहासिकअवसर भएको बताए । “साझा शैक्षिकहितको उद्धेश्यले ज्ञान आदानप्रदाद र सहकार्य गर्ने हाम्रो पहलहो ।”
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुतरूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउनप्राविधिकरूपमा राम्रो बहु–विधागतसिकाइका स्थानहरूको महङ्खवकाबारे प्रकाशपारे ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिकजिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिक वातावरणमा सकरात्मक प्रभावपार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए । “अहिले हामीजहाँ छौं, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसकालाथिहामीले उच्चशिक्षाका सवालमा केन्द्रितहुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकायनिर्माण गर्नु आवश्यक छ,” वाग्लेले भने ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमाबोल्दै काठमाडौं विश्वविद्यालयको पहलमा आयोजित सम्मेलने आयोगको पूरकको रुपमाकाम गरेको बताए । सम्मेलनले नेपालमाउच्चशिक्षाको सुदृढीकरणका र अन्तर्राट्रियकरणका लागिउल्लेखनीय योगदानदिने विश्वास व्यक्त गरे ।
सम्मेलनकाप्राविधिक सत्रमाविश्वविद्यालयकाशीर्ष नेताहरूले नेपालका शैक्षिकभविष्यकालागिमार्गचित्र प्रस्तुत गरेका थिए। नेपालखुलाविश्वविद्यालयकाउपकुलपतिशिलु मानन्धर बज्राचार्यले उच्चशिक्षालाई आकार दिने उद्देश्यसहित खुला शिक्षामा भएका पहलकाबारे बताइन् ।
उनले देश र विदेशका हरेक कुनाबाट सिक्नचाहनेहरुलाई पहुँचयोग्य स्व–निर्देशित, खुला सिकाइका अवसरको आवशयकतामाथि प्रकाश पारिन् । नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्षअर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्म राजजोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रम मार्फत उच्चशिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए ।
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्चशिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षकाबारे प्रकाशपारे ।













