बलिउडको चर्चित जोडीमध्येको एक हो, अभिषेक बच्चन र ऐश्वर्या राय। अक्सर उनीहरूबीचको प्रेमको चर्चा चलिरहन्छ। तर पछिल्लो समयदेखि एकअर्कोसँग खुसी छैनन् बच्चन दम्पत्ति।
लामो समयदेखि उनीहरूबीच भएको मनमुटावको खबर आइरहेको छ। सोहीकारण ऐश्वर्याले आफ्नो जन्मदिनदेखि करवा चौथ पनि छोरी आराध्यासँग मनाइन्। र दिपावलीमा पनि एक्लै रमाइलो गरिन्।
श्रीमानको साथबिना एक्लिएकी उनी अहिले सम्बन्ध विच्छेदको खबरले चर्चा पाइरहेकी छन्। उनको सेयर गरेको पोस्टबाट उनीहरू छुट्टिन लागेको कुरा सार्वजनिक भइरहेको छ।
अभिनेत्रीले आफ्ना स्वर्गीय पिता कृष्णराज रायको जन्मदिनको अवसरमा आफ्नो इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरिन्।
ऐशले आफ्नी छोरी आराध्या र उनका स्वर्गीय बुबाको एक साथ तस्वीर पोस्ट गर्दै लेखेकी थिइन्, लभ यु अलवेज, द प्यारो ड्याडी अज्जा, सबैभन्दा दयालु, हेरचाह गर्ने, उदार र महान।।। तपाईंजस्तो कोही छैन। हुन पनि सक्दैन। जन्मदिनको शुभकामना सम्झनामा प्रार्थना, हामी तपाईंलाई धेरै याद गर्दछौं।
उनले यी तस्वीरहरु पोस्ट गर्ने वित्तिकै उनी र अभिषेक बच्चनको बिछोडको चर्चा चुलिएको हो। एक यूजरले लेखेका छन् कि, डियर ऐश।। तपाईं किन अभिषेकसँग एकसाथ फोटो खिच्नु हुन्न।।।रु के तपाईंहरू अलग हुँदै हुनुन्छ।?













