• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

by
६ मंसिर २०८०,
0
बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।

धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ रछैन मात्रै पत्ता लगाउने उपकरण थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छ वटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् ।

रु ४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मङ्गलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउनका लागि दोस्रो चरणको परीक्षणका लागि खकार काठमाडाँै पठाउनुपर्ने बाध्यता थियो ।

अब बागलुङमा क्षयरोगको पहिलो लाइन र दोस्रो लाइनको परीक्षणसहित उपचार गरिने भएपछि बागलुङसहित छिमेकी जिल्लाका क्षयरोगीलाई सहज हुने प्रयोगशाला निरीक्षक भुसालको भनाइ छ ।

‘क्षयरोगी र प्रतिरोगी दुवैको परीक्षण र उपचारका लागि उपकरणले सहायता दिनेछ, क्षय प्रतिरोगीको उपचारका लागि खकार परीक्षण कुरियरमार्फत काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो, त्यो अन्त्य भएको छ’, उनले भने, ‘क्षयरोग भए–नभएको त पत्ता लगाउने व्यवस्था धवलागिरि अस्पतालमा थियो तर क्षयरोगको अवस्था, जीवाणु र कुन औषधि चलाउने भन्ने विषयमा काठमाडाँै नै परीक्षणका लागि पठाउनुपर्ने थियो, धवलागिरि अस्पतालमा क्षयरोगको दोस्रो लाइनको परीक्षण भएपछि उपचारमा ठूलो राहत हुन्छ ।’

उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएको भन्दै क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्नेछ । धवलागिरि अस्पतालमा यसअघि रहेको क्षयरोग छ–छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

अब क्षयरोग भए– नभएको परीक्षण गर्नेमात्र उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङमै हुनेछ । उनका अनुसार उक्त क्षयरोग र क्षय प्रतिरोग पत्ता लगाउने उपकरणले बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्ने छ । जिल्लामा क्षयरोगीको संख्या ४५ रहेको घिमिरेले जानकारी दिए ।

Previous Post

कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्‍यो

Next Post

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

सम्बन्धित खबर

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’
आवाज

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

२१ चैत्र २०८२,
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार
आर्थिक

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

२१ चैत्र २०८२,
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
आर्थिक

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

२१ चैत्र २०८२,
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
आवाज

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

२१ चैत्र २०८२,
पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’
आवाज

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

२१ चैत्र २०८२,
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
Load More
Next Post
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In