• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी

by
६ मंसिर २०८०,
0
इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा– आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय संकट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् ।

झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् ।

जिल्लाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्लाबाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो ।

दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान इँटा उद्योगका प्रोपाइटरसमेत रहेका थापा आर्थिक सुधारको कुनै गुञ्जायस भएन भने सबै इँटा उद्योग धराशयी हुने उल्लेख गर्छन् ।

झापा इँटा उद्योग सङ्घले जनाएअनुसार जिल्लाका इँटा उद्योगहरुमा रु दुई सय ५० करोड लगानी रहेको छ । कोभिडको महामारी आउनुअघि यहाँका उद्योगहरूले वार्षिक रु तीन अर्ब ५२ करोड मूल्य बराबरको इँटा उत्पादन गर्दै आएका थिए । हाल वार्षिक उत्पादन घटेर रु १८ करोड ३७ लाखमा झरेको छ ।

इँटा व्यवसायी महासङ्घ कोेशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराई उत्पादन भएका इँटा बिक्री नहुने र बैंकको ब्याजको तनावले इँटा व्यवसायीहरु मानसिक तनावमा रहेको गुनासो गर्छन्। ‘एकातिर इँटा बिक्री नभएर तनाव छ, अर्कातिर बैंकले ब्याजमा ताकेता गरेको गर्यै गर्छ,’ उनले भने, ‘सबै उद्योगीहरु डिप्रेसनमा परिसके । इज्जतको सवाल छ, न बाटामा निस्किएर रुनु, न कराउनु भइसक्यो ।’

हरेक इँटाभट्टामा दुई सयदेखि अढाइ सय जनासम्मले प्रत्यक्ष रोजगारी पाएका हुन्छन् । बन्द भएका उद्योगबाट सयौँले रोजगारी गुमाइसकेका छन् भने चलिरहेका थोरै उद्योगमा समेत आधाभन्दा धेरै कामदार तथा कर्मचारी कटौती भइसकेका छन् ।

उद्योग सङ्कटग्रस्त हुनुमा सरकारले पूँजीगत खर्चमा गरेको कटौती मुख्य कारण भएको उद्योगीहरु बताउँछन् । पूँजीगत खर्च कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्प प्रायः भएका छन् । मन्दीका कारण निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प हुँदै गएको छ ।

सरकारले काम भइसकेका निर्माण योजनाहरूको भुक्तानी रोकेका कारणसमेत ठेकेदारहरुले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेका छन् । वार्षिक छ प्रतिशत सर्तमा लिएको ऋणको ब्याज अहिले १६ प्रतिशतसम्म बैंकहरुले असुलिरहेको झापा इँटा उद्योग सङ्घका अध्यक्ष थापाको गुनासो छ ।

सरकारले पूँजीगत खर्च बढाउनुपर्ने र पुरानो कर्जालाई पुनःर्कर्जामा परिणत गरेर पुरानै ब्याजदर लागू गर्न इँटा व्यवसायीहरुले माग गरेका छन् ।

Previous Post

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १७ औं शृंखला शुक्रबारदेखि भारतमा

Next Post

पुरानै लयतिर पर्यटन

सम्बन्धित खबर

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
आर्थिक

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

२१ चैत्र २०८२,
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
आर्थिक

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

२१ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
Load More
Next Post
पुरानै लयतिर पर्यटन

पुरानै लयतिर पर्यटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In