• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रोटिन कति सेवन गर्ने ?

metakhabar by metakhabar
२१ चैत्र २०८२,
0
प्रोटिन कति सेवन गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले मानिसहरुलाई प्रोटीनमा ध्यानकेन्द्रित हुन थालेको छ।

एकातिर सुपरमार्केटहरूले उच्च प्रोटीन भएका विभिन्न खालका खाद्यपदार्थ बेच्न राख्छन्। अर्कातिर टिकटक इन्फ्लुअन्सरहरूले प्रोटीन सेवनको मात्रा कसरी बढाउने भनेर उपाय सिकाउँदै गरेका हुन्छन्।

प्रोटीन हाम्रो स्वास्थ्यका लागि आवश्यक हुने पोषक तत्त्व हो। यसले शरीरमा मांसपेशी बनाउन सघाउँछ। लामो समयसम्म अडिलो महसुस गराउँदै तौल घटाउन पनि यसले सहयोग गर्छ।

तर के प्रोटीनप्रति हामी बढी नै मोहित भएका हौँ त ? प्रोटीन मोहमा पर्दा हामीले कतै शरीरलाई अत्यावश्यक अर्को तत्त्व फाइबर अर्थात् रेसालाई बेवास्ता त गरेका छैनौँ ?

प्रोटीन के हो ?

प्रोटीन एउटा म्याक्रोन्यूट्रिएन्ट हो अनि त्यो अत्यावश्क हुन्छ। शरीरमा त्यो बिल्डिङ ब्लक अर्थात् आधारभूत निर्माणखण्डको भूमिकामा हुन्छ, ।

प्रोटीनयुक्त खानेकुरा सेवन गरेपछि हाम्रो पाचनप्रणालीमा रहेका पाचनरस (एन्जाइमहरू)ले प्रोटीनको अणुलाई अमीनो एसिडमा परिणत गर्छन्। त्यो प्रक्रियाबाट अमीनो एसिडहरू पुनः संयोजित हुन पाउँछन् र शरीरमा आवश्यक हुने विशिष्ट प्रोटीनहरू बन्ने बाटो खुल्छ। शरीरमा मांसपेशी र तन्तुहरू निर्माण र मर्मत गर्न त्यस्ता प्रोटीनको आवश्यकता पर्छ।

मानव शरीरमा २०,००० वटाभन्दा बढी प्रोटीन हुन्छन्। तिनले विभिन्न कार्य गर्छन् । हीमग्लोबिन (रगतमा हुने रातो कोषमा पाइने यो प्रोटीनले शरीरमा अक्सिजन प्रवाह गर्छ) बनाउने, एन्जाइम (हाम्रो शरीरमा रासायनिक प्रतिक्रियालाई तीव्रता दिन सघाउँछ) बनाउने, मांसपेशीको निर्माण तथा मर्मत र हाम्रो छाला तथा केशमा केराटिन उत्पादन गर्ने काम गर्छ ।

प्रोटीन निकै रोचक हुन्छ किन भने हामीले प्रयोग गरिरहने चिजमा त्यसलाई भण्डारण गरिरहेका हुन्छौँ। त्यसैले यदि हामीले पर्याप्त मात्रामा त्यो पाएनौँ भने मांसपेशी र अरू उपयोगी संरचनालाई बिगार्नुपर्ने हुन्छ ।

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार हरेक वयस्क व्यक्तिका लागि प्रतिकिलोग्राम तौलका निम्ति दैनिक ०.७५ ग्राम प्रोटीन आवश्यक पर्छ । उस्तै महिलाका लागि ४५ ग्राम र पुरुषका लागि ५५ ग्राम प्रोटीन आवश्यक पर्छ।

तर यदि हाम्रो शरीरलाई आवश्यक अरू तत्त्वहरूलाई असर पर्ने गरी प्रोटीन सेवन गरियो भने त्यसबाट हानि पनि पुग्न सक्छ।

कतिपय विज्ञहरूका अनुसार प्रोटीन सेवनमा रुचि बढ्नुको कारण त्यसका नतिजा सहज रूपमा देखिनु पनि हो।

हामीलाई के थाहा छ सौन्दर्यसम्बन्धी प्रयोजनका लागि प्रोटीनको सेवनले पुरुषहरूलाई उनीहरूले चाहे जस्तो मांसपेशी बनाउन सघाउँछ । संयुक्त राज्य

उमेर बढ्दै जाँदा प्राकृतिक रूपमै मांसपेशीहरू क्षीण हुन थाल्छन्। त्यसैले महिलाहरूले पनि प्रोटीन सेवन बढाउन चाहेका हुन सक्छन्।

सार्कोपीनीआ भनिने यो प्रक्रिया महिला र पुरुष दुवैमा हुन्छ, तर रजोनिवृत्तिपछि महिलाहरूमा नाटकीय ढङ्गले एस्ट्रजन होर्मनको कमी हुँदा त्यस्तो स्थिति झन् बढ्न सक्छ।

रजोनिवृत्तिपछि होर्मनमा हुने परिवर्तनका कारण महिलाहरूमा हड्डी कमजोर हुने जोखिम पनि झन् बढी हुन्छ। प्रोटीनले हड्डीको स्वास्थ्य सुदृढ गर्न सक्ने पृष्ठभूमिमा सुझाव दिइएकोभन्दा बढी मात्रामा प्रोटीन सेवन गर्दा कुनै फाइदा नहुने यूकेको सरी विश्वविद्यालयले सन् २०१९ मा गरेको एउटा अध्ययनले देखाएको थियो। उक्त अध्ययनले अघिल्ला १२७ वटा अध्ययनको विश्लेषण गरेको थियो।

उपभोक्ता बजारसम्बन्धी अनुसन्धान गर्ने एउटा कम्पनी स्पिन्सका एक वरिष्ठ निर्देशक स्कट डाइकरका अनुसार उच्च प्रोटीन हुने कतिपय खाद्यपदार्थहरू उपभोक्ताहरूलाई दिग्भ्रमित तुल्याउने खालका हुन सक्छन्।

परम्परागत रूपमा हाइ कार्ब (बढी कार्बोहाइड्रेटयुक्त) वर्ग वा जङ्क फूड मानिने खाद्यपदार्थमा अलिकति प्रोटीन पाउडर थपेपछि अहिले त्यसलाई आरोग्यवर्धक मान्न थालिएको छ। यो निकै रोचक धारणा हो।

सामाजिक सञ्जालमा प्रोटीन म्याक्सिङ जस्ता ट्रेन्डहरू पनि चलेका छन्। त्यस्तो अभ्यासमा प्रयोगकर्ताहरूले आफ्नो भोजनमा प्रोटीनको मात्रा बढाउने लक्ष्य राखेका हुन्छन्। त्यसबाट पनि प्रोटीन सेवनको चर्चा बढ्दै गएको छ।

के हामी धेरै प्रोटीन सेवन गर्न सक्छौँ ?

आवश्यकताभन्दा बढी प्रोटीन सेवन गर्न हामी हौसिनुमा बजारमा उच्चप्रोटीनयुक्त खाद्यपदार्थ निकै लोकप्रिय हुनु पनि हो। आफूलाई कति मात्रा प्रोटीन आवश्यकता पर्छ भन्ने कुरा तपाईँको उमेर, लिङ्ग, शरीरको आकार र कति व्यायाम गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ।

बजारमा पाइने उच्चप्रोटीनयुक्त उत्पादनहरूमा अमीनो एसिडको तीतोपन कम गर्नका लागि चिनी मिसाइएको हुन्छ।

पर्याप्त पोषण पाउनका लागि मानिसहरूले स्वास्थ्यकर, सन्तुलित आहारामा ध्यान दिनुपर्ने विज्ञहरू सुझाउँछन्। धेरै मात्रामा प्रोटीन प्रशोधन गर्नुपर्दा मिर्गौलालाई भार पर्नेतर्फ सचेत हुनुपर्ने विज्ञहरू औँल्याउँछन्।

जीवजन्तुको मासुबाट प्राप्त हुने प्रोटीनले मिर्गौलामा पत्थरी गराउन सक्छ भने पुरानो समस्या भएका बिरामीमा मिर्गौलासम्बन्धी रोग थपिन सक्छ।

ब्रिटिश डाइअटेटिक एसोशिएशनका अनुसार अत्यधिक प्रोटीन सेवनले हाडको स्वास्थ्यमा असर पार्न सक्छ। अत्यधिक मात्रामा प्रोटीन सेवनले बान्ता आउनेजस्ता दुष्प्रभाव पनि निम्तिन सक्छन्। सेवनकर्ताहरू प्रोटीनको स्रोतबारे पनि सतर्क हुनुपर्छ।

Previous Post

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

Next Post

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

metakhabar

metakhabar

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

२३ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
आवाज

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

२३ असार २०८३,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
आवाज

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

२३ असार २०८३,
काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

२३ असार २०८३,
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
Load More
Next Post
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In