काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई लात्ताले हानेको आरोप लगाएका छन्।
लोकतान्त्रिक–बाम गठबन्धन लमजुङद्वारा लमजुङको राइनासमा आयोजित चुनावी कोणसभामा उनले नेपाली काँग्रेस र माओवादी मिलेर समावेशी सिद्धान्तसहित गणतन्त्र ल्याएको भएपनि एमाले गुटको नेतृत्वले शक्तिमा आएपछि संविधान च्यात्ने, लोकतन्त्रलाई लात्ताले हान्ने, राज्य संयन्त्र कब्जामा लिएर हिटलरको शासन चलाउन खोजेको आरोप लगाए ।
प्रचण्डले एमाले अध्यक्ष ओलीले राज्यका सबै संरचनालाई आफ्नो नियन्त्रणमा लिने र संसद् नै विघटन गरेर हिटलर जस्तै शासन चलाउन खोजिरहेको वेला गठबन्धनसहित आम नागरिक र अधिकारवादीहरूको खबरदारीले संविधानको रक्षा गर्न सकिएको दाबी समेत गरे ।













