• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकलाई लोभ्याउँदै जखेरा ताल

by
२ मंसिर २०८०,
0
पर्यटकलाई लोभ्याउँदै जखेरा ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ– दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ । तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जंगल, दक्षिण तर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।

ताल अवलोकन गरेर फर्कनेलाई फेरि जाऔँ जाऔँ लाग्ने गरेको छ । तिहार अघि त्यस क्षेत्रमा ताल अवलोकन तथा घुमघाम वनभोज खानको लागि दैनिक तीन सयदेखि चार सय सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा तालको रेखदेख गर्दै आएका ओमभक्त चौधरीले जानकारी दिए।

तिहारको समयमा त जखेरा क्षेत्र घुम्न आउनेको सङ्ख्या अन्य दिनको तुलनामा धेरै नै बढेको चौधरीले बताएका छन्। उनका अनुसार १२ बिघा जमिन त्यहाँ रहेपनि हाल साँढे ७ बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वन जंगल रहेको छ । सो तालको गहिराइ सात फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ ।

यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्नुले पनि तालको आकर्षणलाई थप बढाएको छ । त्यसैगरी तालको मुख्य आकर्षणमा भगवान् गौमबुद्धको मूर्ति, वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पद यात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन लगायतका रहेका छन् ।

तालमा डुङ्गा चढ्नको लागि पर्यटक निकै उत्साहित हुन्छन् । पाँचवटा मात्र डुङ्गा भएकाले पर्यटक याममा पालो कुर्नुपर्ने हुन्छ । केही पर्यटक ढुङ्गा चढन नपाएर फर्केने गरेको पनि समितिका कर्मचारी चौधरीले बताएका छन् । एक जना पर्यटकले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनको लागि रु ५० मात्र शुल्क निर्धारण गरिएको छ ।

जखेरा तालको अवलोकन गर्नेका लागि तुलसीपुरबाट आएकी ४१ वर्षीया सरस्वती कँवरले आफू पहिलो पटक तालको अवलोकन गर्न आएको र यहाँको दृश्य देख्दा आनन्दित भएको बताइन्। शिक्षण पेसाम संलग्न रहेको बताउने कुँवरले भनिन् ,’ताल धेरै रमणीय क्षेत्रमा रहेछ । यसलाई अझै सफा स्वच्छ तथा रमणीय राख्नको लागि सबै लाग्नु पर्छ । जसले गर्दा यहाँ धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना बलियो छ ।’

त्यस्तै तिहारको टीका लगाउन लमहीमा रहेको माइती घरमा आएकी तुलसीपुरकै ३९ वर्षीया शारदादेवी ओलीले यसपटक ताल क्षेत्रमा निकै सुधार भएको देख्दा खुसी लागेको बताइन् । आफू चार वर्ष पहिले पनि सो ताल घुम्न गएको, त्यस समयमा भौतिक पूर्वाधार नभएको उनी सम्झन्छिन् । अहिले ताल क्षेत्र धेरै राम्रो भएको देख्दा आनन्द आएको प्रतिक्रिया उनले दिइन् ।

ताल यति रमणीयस्थलमा छ कि यो देख्दा त फेवा तालको झल्कोसमेत आउने गरेको ओलीले बताए। विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित भएको हो ।

जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसी विगतमा ताल जलकुम्भी झार र माटोले पुरिएको बताउँछन् । जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, राष्टपति चुरे संरक्षण कार्यक्रम काठमाडौँ, डिभिजन वन कार्यालय लमही, लमही नगरपालिका, लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रमकबाट ताल उत्खनन, भौतिक पूर्वाधार निर्माण तथा ताल मर्मत गरेको उनले बताए ।

तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । स्थानीय थारु भाषामा आकाशे पानी संकलन भएर जम्मा हुने ठाउँलाई जखेरा भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ निवासी स्व दिपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय वुद्धिजीवी मिलेर आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिँचाइ गर्नका लागि चुरे पहाडको फेदीमा कृत्रिम रुपमा खाडल खनी ताल बनाइएको हो । सोही ताल अहिले जखेरा तालको नाममा परिचित भएको छ ।

दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ । पूर्व–पश्चिम राजर्मागबाट नजिकै रहेकोले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो ताल हेर्न पर्यटक आउने गर्दछन् ।

Previous Post

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था र २०८ विद्यालयमा क्षति

Next Post

‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता

सम्बन्धित खबर

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
Load More
Next Post
‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता

‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In