• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाइडेनको ‘नुडल कूटनीति’ र अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ प्रयास

by
२९ कार्तिक २०८०,
0
बाइडेनको ‘नुडल कूटनीति’ र अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ प्रयास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा अपराह्न भोजनका लागि गए र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो ।

यो साता राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उनीहरूको आफ्नै कूटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।

बाइडेन र सीले यसै साता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचारविमर्श गर्दै छन् । यो उनीहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ ।

बेइजिङको सात सय वर्ष पुरानो ड्रम टावर नजिक यात्रुहरूले दुवै नेताहरूले विश्वका लागि एक हुन सिक्न आवश्यक रहेको बताएका छन् ।

“चीन–अमेरिका सम्बन्ध तनावपूर्ण छ, तपाईं यो देख्न सक्नुहुन्छ तर उनीहरू अत्यन्त निकटसँग जोडिएका पनि छन्”, आफ्नो थर मात्र बताउने अर्थशास्त्रकी छात्रा युआनले भनिन्, “यी विशाल वैश्विक आर्थिक प्रणाली भएका दुई अत्यन्त ठूला मुलकु हुन्, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ, उनीहरूबीचको सम्बन्धले सम्पूर्ण विश्वको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पर्दछ ।”

सुप र बनहरूको तात्तातो कचौराले बाहिरको चिसोलाई राहत प्रदान गरिरहेको खचाखच भरिएको बिस्ट्रोबाहिर सेवानिवृत्त चालक यूले प्रतिद्वन्द्वी मुलुकका नेताहरूबीचको बैठकको स्वागत गर्दै अमेरिकी राष्ट्रपतिका लागि केही प्रशंसा गरे ।

“यो वास्तवमै राम्रो हो, मानिसले वास्तवमै यसको प्रतीक्षा गरिरहेका छन्”, उनले भने, “चीनमा हामीमध्ये अधिकांश वृद्धवृद्धाहरू अवकास भइसकेका छन् तर बाइडेन अहिले पनि अमेरिकी जनताका लागि लडिरहनुभएको छ, उहाँसँग धैर्य हुनुपर्छ साथै अमेरिकी जनताको समर्थन पनि हुनुपर्दछ ।”

चीनको राजधानीमा बाइडेनको रात्रिभोजपछि चीन–अमेरिका सम्बन्धमा गिरावट आएको छ र व्यापारदेखि ताइवानसम्मका थुप्रै मुद्दामा बेइजिङ र वासिङ्टनबीच विमति कायम छ ।

चीनमा जनताको राय नाप्न कठिन छ । मिडियामा व्यापक सेन्सरसिप लगाइएकोछ र मिडियाले पार्टीको लाइनको पालना गर्दछन् । जनता पनि सामान्यतया विदेशी सञ्चारमाध्यमसँग विवादास्पद विषयमा विचार दिन अनिच्छुक हुन्छन् ।

चालक युले सम्बन्धहरूको वर्तमान स्थितिजस्ता ‘उच्चस्तरीय मामिला’ सँग आफूलाई कुनै सरोकार नभएको बताए । यद्यपि उनले दुई मुलुकबीचको भिन्नताका कारण उनीहरूले मिल्न सिक्नु महत्त्वपूर्ण हुने बताए ।

“अमेरिका निश्चितरूपमा केही पक्षमा चीनभन्दा बलियो छ र चीन निश्चितरूपमा अन्य पक्षमा अमेरिकाभन्दा बलियो छ”, उनले भने, “यी दुई मुलुक एकअर्काका परिपूरक हुन् ।”

यद्यपि केही मानिसले बेइजिङ र वासिङ्टनबीचको बढ्दो भिन्नतातर्फ सङ्केत गर्दै कुनै पनि सम्झौता गर्न कठिन हुने बताएका छन् । आफ्ना कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध मुलुकको विकास रोक्ने प्रयास हो भन्ने चिनियाँ सरकारको धारणालाई उनीहरूले दोहोर्याएका छन् ।

“निश्चितरूपमा बाइडेनले आफ्नो देशको हितको रक्षामा ध्यान केन्द्रित गर्नुहुन्छ”, छात्रा युआनले भनिन्, “उहाँले केही यस्ता निर्णय लिन सक्नुहुन्छ जुन हाम्रो बुझाइभन्दा पर हुनसक्छ ।”

अमेरिकी राष्ट्रपतिप्रति शत्रुतापूर्ण व्यवहार देखाउने अन्य केही मानिसले भने बाइडेनले वैश्विक मुद्दाको समाधान गर्नुको सट्टा घरेलु समस्याहरू सुल्झाउन अधिक समय दिनुपर्ने राय व्यक्त गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने, “जहिलेदेखि बाइडेनले सत्ता सम्हाल्नुभयो, सम्पूर्ण वैश्विक अर्थतन्त्र अधोगतिमा गइरहेको छ, उहाँले युक्रेन र इजराइलमा भएका युद्धतिर नभएर अर्थतन्त्रमा ध्यान दिनुपर्छ ।”

बाइडेनको उमेर आफ्नो विचार बनाउनका लागि महत्त्वपूर्ण कारक हो कि भनेर प्रश्न गर्दा उनले भने, “यो उमेरको कुरा होइन, चीनका नेताहरू पनि वृद्ध छन् ।”

Previous Post

हेल्थ टिप्सः चिसोपानीले नुहाउँदा हुन्छ फाइदा

Next Post

बिहे गर्दा दाइजो सर्प अनिवार्य !

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

बिहे गर्दा दाइजो सर्प अनिवार्य !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In