• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुरे फेदीका सामुदायिक वनमा मानव प्रवेश निषेध

by
२६ कार्तिक २०८०,
0
चुरे फेदीका सामुदायिक वनमा मानव प्रवेश निषेध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जङ्गली हात्तीको आवागमन बढेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो ।

जङ्गली हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।

‘घाँस, दाउरा, गाईगोरु, बाख्रा चराउन वन क्षेत्रमा जान निषेध गरेका छौँ’, उनले भने, ‘सामुदायिक वन क्षेत्र भएर हिँडने बटुवालाई बाटो प्रयोग नगर्नका लागि भनेका छौँ ।’

प्रजननका बेला मत्तहात्ती आक्रामक हुने भएकाले आक्रमण गर्ने सम्भावना हुने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । हात्ती हिँडने बाटामा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनले बताए ।

‘वन संरक्षणमा टेवा पुगेपछि हराभरा भएको छ’, वडा सदस्य लालबहादुर महराले भने, ‘मौसमीरूपमा मात्रै भारतीय दुधुवा नेशल पार्कबाट यहाँ आइपुग्ने हात्तीका बथान वर्षभरि नै चुरे क्षेत्रका वनमा बस्न थालेका छन् ।’ हात्तीले चुरे क्षेत्रलगायतका वनमा बस्ने र प्रजनन गरी छावासमेत जन्माउने गरेका छन् । हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति हुँदै आएको उनको भनाइ छ ।

दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।

प्रत्येक हात्तीको बथानमा पुरानो हात्ती पनि रहने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थी बताउछन् । ‘पहिलेदेखि नै जुन बाटोको प्रयोग पुर्खाहरूले गर्दै आएका हुन् त्यही बाटोको प्रयोग अरु हात्तीले गर्दछन्’, उनले भने, ‘हात्ती हिँड्ने बाटोमा बस्ती बसेका छन्, उखु र जाड, मदिरा हात्तीले बढी मन पराउने भएकाले जुन खेतमा उखु छ, जुन घरमा मदिरा जाँड छ, त्यही घरमा बढी आक्रमण गरेको पाइएको छ ।’

उनका अनुसार दुधुवा नेशनल पार्क हुँदै हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा प्रवेश गर्ने पुरानै करिडोरका रूपमा रहेको छ । दुधुवा र लालझाडी जोड्ने डोकेबजारको तीन सय मिटर क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । ‘अतिक्रमणमा परेको क्षेत्रमा दर्तावाला जग्गा छ, बस्ती हटाउन मुआब्जा दिनुपर्ने हुन्छ’, उनले भने, ‘त्यसका लागि पहल गरिए पनि कार्य हाल अगाडि बढ्न सकेको छैन ।’

हात्ती चुरे क्षेत्रलगायमा वर्षैभरि बस्नुमा वन क्षेत्रमा वृक्षरोपण गरी हराभरा हुनु, पर्याप्त आहाराको व्यवस्था हुनु, सिमसार क्षेत्रको संरक्षण गरिनुलगायत रहेको उनले उल्लेख गरे । हात्तीले चुरे क्षेत्रमै छावा जन्माए आठ–नौ महिना हुर्काउनका लागि त्यसै क्षेत्रमा बस्ने गर्दछ ।

Previous Post

जंगली हात्तीको जोखिमले चुरे फेदीका वनमा मानव प्रवेश निषेध

Next Post

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
महतोलाई पक्राउ गर्न गृहको निर्देशन

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In