हाम्रो शरीरमा कालो वर्ण निर्माण गर्ने मेलनिनको उत्पादन उमेर बढेसँगै घट्दै जान्छ । त्यही कारण बुढ्यौलीमा कपालको कालोपन हराउँदै जान्छ । त्यसैगरी कुनै कारणवस मेलनिनको उत्पादनमा अवरोध आयो भने पनि हाम्रो कपाल असमयमै सेतो हुन थाल्छ । यसरी असमयमै कुनै कारणले पनि कपाल फुलेमा पोषणयुक्त सन्तुलित खाना, घरेलु उपचार आदिको सहयोगले कपाललाई कालो बनाउन सकिन्छ ।
– अमलामा रहेको एन्टि एजिङ गुण र पोषक तत्व र भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ । अमलालाई पिसेर पाउडर बनाएर त्यसलाई नरिवलको तेलसँग मिसाई राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ र बिहान सफा पानीले पखाल्नुपर्छ ।
– कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गरी एक घण्टापछि कपाल धुनुपर्छ । नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल झर्नबाट बचाउनुको साथै यसको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ ।
– तोरीको तेलले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ ।
– प्याजले कपाललाई सेतो बनाउने क्यास्टेल एन्टि अक्सिडेन्टको कमी हटाएर कालो बनाइदिन्छ । प्याजलाई सलादको रुपमा सेवन गर्ने र त्यसको रस निकालेर कपालमा प्रयोग गर्नाले कपाल कालो हुन्छ ।
– घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गर्नुपर्छ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।
– भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।
– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौ ।
– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ ।













