• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रिकेट विश्वकपमा कस्तो बन्दै छ सेमिफाइनलको समीकरण रु

by
२३ कार्तिक २०८०,
0
क्रिकेट विश्वकपमा कस्तो बन्दै छ सेमिफाइनलको समीकरण रु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा अन्तिम चरणका खेलहरु शुरु हुनुअघि सेमिफाइनलको तस्बीर स्पष्ट हुन थालेको छ । अहिलेसम्म सेमिफाइनलमा पुग्ने तीन देशको टुंगो लागेको छ भने एक स्थानका लागि तीन देशको प्रतिष्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म भारत अपराजित रहदै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै अस्ट्रेलियाले पनि ८ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ ।

यस विश्वकपमा डिफेन्डिङ च्याम्पियन इङल्याण्ड, नेदरल्याण्डस, श्रीलंका र बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरीइसकेका छन् ।

अब सेमिफाइनलमा पुग्ने चौथो स्थानका लागि न्यूजील्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिष्पर्धामा रहेका छन् । तीनै देशको ८-८ अंक रहेको छ र अंक तालिकामा चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । रनरेटको आधारमा न्यूजील्याण्ड पाकिस्तान र अफगानिस्तानभन्दा अगाडी रहेको छ । न्यूजील्याण्डको ०.३९८ रनरेट रहेको छ भने पाकिस्तानको ०.०३६ रहेको छ । त्यस्तै अफगानिस्तानको-०.३३८ रहेको छ ।

अब न्यूजील्याण्डले आफ्नो अन्तिम खेल विहिबार श्रीलंकाविरुद्ध खेल्ने छ । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेमा सम्भवत पाकिस्तान र अफगानिस्तानको सेमिफाइनलको यात्रा समाप्त हुने छ । त्यस्तै पाकिस्तानको अन्तिम खेल शनिबार डिफेन्डिङ च्याम्पियन इङल्याण्डसँग हुने छ । पाकिस्तानको सेमिफाइनल यात्राको तय यो खेल जितेर मात्र हुने छैन । पाकिस्तानका लागि पहिलो इङल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेर नेट रनरेटमा न्यूजील्याण्डलाई पछि पार्नुपर्ने हुन्छ भने दोस्रो पाकिस्तानले इङल्याण्डलाई पराजित गर्ने र न्यूजील्याण्ड श्रीलंकासँग पराजित भएको अवस्थामा सेमिफाइनलको यात्रा सुनिश्चित हुन सक्छ ।

त्यस्तै अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग हुने छ । दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानका लागि सेमिफाइनलको सम्भावना बनाउन फराकिलो अन्तरको जित आवश्यक छ ।

न्यूजील्याण्ड र पाकिस्तान आफ्नो अन्तिम खेलमा पराजित भएमा र अफगानिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेमा सेमिफाइनल यात्रा तय हुनसक्छ । त्यस्तै दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गर्न सकेमा पनि अफगानिस्तानको सम्भावना देखिन्छ । अस्ट्रेलियासँगको पछिल्लो खेलमा जित नजिक पुगेर पनि हार बेहोरेको अफगानिस्तानका लागि दुवै अवस्थामा सेमिफाइनलमा पुग्न असम्भव नभए पनि मुश्किल देखिन्छ ।

अब सेमिफाइनलको समीकरण हेर्दा भारत अंक तालिकामा शिर्ष स्थानमा रहने पक्का देखिएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका र अस्ट्रेलिया हुने पनि पक्का छ तर कुन देश दोस्रो र तेस्रो हुन्छन् भन्ने अन्तिम खेलपछि टुंगो लाग्ने छ । यद्यपी यसले सेमिफाइनलको समीकरणमा प्रभाव पार्ने छैन । किनकी दोस्रो र तेस्रो हुने देशनै सेमिफाइनलमा खेल्ने हुनाले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच यस विश्वकपको सेमिफाइनल हुने निश्चित भएको छ । यो खेल नोभेम्बर १६ मा कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने छ ।

त्यस्तै अर्को सेमिफाइनलमा भारतसँग न्यूजील्याण्डरपाकिस्तानरअफगानिस्तान मध्ये एक देश खेल्ने छन् । विश्वकपको पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा भारत तथा न्यूजील्याण्डरपाकिस्तानरअफगानिस्तान मध्ये एक देशबीच हुने छ ।

विश्वकपको फाइनल खेल १९ नोभेम्बर आइतबार अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ ।

Previous Post

स्वार्थ बाझिने समितिमा व्यापारी सांसद !

Next Post

दलीय भागबन्डाले थलिए विश्वविद्यालय

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले

दलीय भागबन्डाले थलिए विश्वविद्यालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In