• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुष्प मेलामा आकर्षण

by
२० कार्तिक २०८०,
0
पुष्प मेलामा आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री, गोदवारीलगायत फूल र बिरुवाको किनबेच पनि भइरहेको एसोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए । ‘पुष्प मेलाप्रति आकर्षण बढ्दै गएको छ, नयाँ–नयाँ प्रजातिका फूल एकै ठाउँमा भएकाले पनि ग्राहकलाई सहज भएको छ’, उनले भने ।

पोखरा रङ्गशालामा सञ्चालन भइरहेको पुष्प मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनी कक्ष छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष गुरुङले बताए । ‘मुख्यरुपमा गोदावरी फूललाई केन्द्रित गरेर प्रदर्शनी राखिएको भए पनि सयपत्रीलगायत अन्य विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री वितरणका लागि मेलामा राखिएको छ’, उनले भने, ‘आजसम्म २० हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।’

पुष्प व्यवसायी बलराम श्रेष्ठले तिहारको याम भएकाले सयपत्री र गोदावरी फूल ग्राहकको रोजाइमा परेको बताए । ‘कोही फूल किन्न आइरहनुभएको छ, कोही फूल खेती सम्बन्धी जानकारी लिएर पनि जानहुन्छ’, उनले भने, ‘दिनैभरि प्रदर्शनीस्थलमा फूलप्रेमी चहलपहल हुने गरेको छ ।’ ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावरीको सान’ भन्ने आदर्श वाक्यसहित उक्त मेलाको आयोजना गरिएको हो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिइरहेको आयोजकको भनाइ छ ।

फूल खेती र एसोसिएसनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिने गरिएको छ । पुष्प व्यवसायीहरुका अनुसार पछिल्लो समयमा पोखरामा फूल खेतीप्रति आकर्षण बढ्दो छ । नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै रहेको व्यवसायी श्रेष्ठले बताए ।

एसोसिएसनका अनुसार पोखरालाई चाहिने ८० प्रतिशतभन्दा बढी फूल यही उत्पादन हुन्छ । पन्ध्रदेखि २० प्रतिशत मात्र बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा ४८ जना नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको संख्या भने धेरै छ । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएको जनाइएको छ । यस वर्ष पोखरा महानगरपालिकाको सहयोगमा थप एक सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री र मखमली फूल खेती विस्तार भएको जनाइएको छ । पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूल खेती गर्ने किसानलाई अनुदान र प्रविधि सहयोग गर्दै आएका छन् ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

राहतका लागि प्रयोग हुने जहाजलाई ४ विमानस्थलमा शतप्रतिशत छुट

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
राहतका लागि प्रयोग हुने जहाजलाई ४ विमानस्थलमा शतप्रतिशत छुट

राहतका लागि प्रयोग हुने जहाजलाई ४ विमानस्थलमा शतप्रतिशत छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In