दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्।
सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै गएको मंगलबारदेखि कार्यभार सम्हालेका सार्क सचिवालयले शनिबार जनाएको छ।
उनी सार्कको १५औँ महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन्।
सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमान, स्वीडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन्।
उनले क्वालालम्पुर, काठमाडौँ, यांगुन र वासिङटन डीसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।
सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन्। रासस













